Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

के तपाई पनि पटक-पटक चिया तताएर खाने गर्नुभएको छ ? एकपटक अवस्य हेर्नुहोस्



चिया । चियाको नाम नजान्ने र त्यसको स्वाद नचाख्ने संसायमा सायदै मानिस होलान् ।

चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छन् । कतिपयले त चियाको एक चुस्कीसँगै आफ्ुले संसारकै आनन्द प्राप्त गरेको महसुस गर्छन् । कतिपय मानिसहरु दिनभरीमा दशौं कप चिया पिउने गरेको पनि पाइन्छ भने कतिपयले चिया पिउन नपाएकै कारण टाउको दुखेको यात फेरि फ्रेस नभएको गुनासो समेत गर्ने गरेका छन् । तर, दिनमा १–२ कप बाहेक बढी चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने बताइन्छ ।

Is Masala tea good for health: What is Masala tea made of | Masala chai recipe

चिया धेरै प्रकारका हुन्छन् । दूध चिया, कालो चिया, मसला चिया, लेमन चिया अनि ग्रन टिलगायत । पछिल्लो समयमा स्वास्थ्यमा अझ बढी ध्यान दिनेहरुले ग्रीन टि पिउने गरेको पाइन्छ । तर चियाको पारखीले दिनको एकपटक दूधको चिया भने नखाइ छाड्दैन ।

9+ Best Green Tea Brands of 2021 - Green Tea Health Benefits

पछिल्ला समयमा विभिन्न स्वाद र ग्राहकको मन तान्ने गरेर काठमाडौं लगायतका बाहिरी जिल्लामा पनि त्यस्ता चिया घरहरु खुलेका छन् । जहाँ चियाका पारखीहरु मात्र नभएर युवा देखि बुद्ध बृद्धासम्मको समय विताउने र मनका कुरा साट्ने थलोको रुपमा प्रयोग भएको पाइएको छ । त्यतिमात्र नभइ चिया घरमै बसेर अनलाइन मिटिङ, साथीभाइबीच छलफल चलाउने थलोको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

International Tea Day 2020: Top 5 benefits of drinking tea
चिया पिउनाले चिसो भएको बेला, थकाइ लागेको बेला यात फेरि टाउको दुःखेको बेला आराम दिने गरेको चियाका पारखी बताउँछन् । तर, त्यहि चियालाई सहि तरिकाले प्रयोग नगर्दा हानि समेत पुर्याउने स्वास्थ्यविज्ञ बताउँछन् ।

आउनुहोस् जानौ पुनः तताएर पिउँदा कस्तो असर गर्छ त ?
धेरै मानिसहरु एकपटक चिया पकाएर त्यसलाई फेरि तताएर पिउने गर्छन् । यदि तपाईले पनि त्यसरी नै प्रयोग गर्नु भएको छ भने त्यो तपाईको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । चिया बनाएको १५ देखि २० मिनेटभित्र पिउनु पर्दछ ।

चिया पकाएर धेरै समय राख्दा यसको रङ पनि कडा हुने तथा यसमा रहेको पोषकतत्व नष्ट हुने बताइन्छ । पुनः तताएर पिउने बानीले चियामा हुने निकोटिनले स्वास्थ्यमा असर गर्ने बताइन्छ ।

त्यस्तै पुनः तताएर पिउने गरेको चियाका कारण पाचन प्रक्रियामा समस्या हुने तथा बनाएर राखेको चियामा व्याक्टेरिया पनि आउने हुनाले यस्तो चियाले स्वास्थ्यलाई असर गर्ने बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौं । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।