Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

शिशु हत्या आरोपित महिला कारागार चलान



३१ भदौ, बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो ।

सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो ।

कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।