Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

शिशुको घाँटी निमोठेर हत्या गर्ने स्वास्थ्य स्वयम्सेविका जेल चलान



१ असोज, बैतडी । बैतडीकी एक स्वास्थ्य स्वयम्सेविका नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा जेल चलान भएकी छन् ।

अबैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठेर हत्या गर्ने डिलाशैनी गाउँपालिका ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यहि भदौ ६ गते माधवीले अबैद्य सम्बन्बाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मने बित्तिकै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेको समाचार शुक्रवारको राजधानी दैनिकमा छ ।

महिला स्वास्थ्य स्वयम्सेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धानपछि अदालतमा पेश गरिएको थियो । १० वर्ष अघि बैदेशिक रोजगारीमा गएका माधवीका श्रीमान उतै वेपत्ता रहेको प्रहरीले जनाएको छ । घर परिवारबाट अलग बसेकी माधवीको १७ वर्षीय किशोरसँग अवैद्य सम्बन्ध रहेको र उनैबाट जन्मिएको शिशुको माधवीले हत्या गरेकी थिइन् ।

किशोरसँग विवाह गर्ने सहमति गरेको भएपनि ती किशोर अहिले बेपत्ता रहेका छन् भने माधवीका १३ वर्षीय छोरा रहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।