Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

ओकस सम्झौता : चीन चिढियो, फ्रान्स ठुस्सियो !



इण्डोप्यासिफिक क्षेत्रको सुरक्षामा सहकार्य गर्ने तथा अष्ट्रेलियालाई पनडुब्बि निर्माण गर्न दिनेलगायतका मुख्य विषयमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच बिहीबार ‘ओकस’ सम्झौता भएपछि चीन चिढीएको छ भने फ्रान्स ठुस्सिएको छ ।

अमेरिका राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरीसनका बीच ओकस सम्झौता भएलगतै विभिन्न देशबाट प्रतिक्रियाहरु आइरहेका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको परिस्कृत रक्षा प्रविधि आदान–प्रदान गर्ने एक विशेष सुरक्षा सम्झौता (ओकस)पछि अन्तराष्ट्रिय राजनीतिमा नयाँ तरंग आएको हो । खासगरी इण्डो प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य गर्ने तथा अस्ट्रेलियालाई औपचारिक रुपमा परमाणु ऊर्जाबाट चल्ने पनडूब्बी निर्माण गर्ने बाटो खोलिदिएपछि अन्तराष्ट्रिय राजनीतिमा तरंग पैदा भएको हो ।

चीनको प्रतिक्रिया : ठुलो खराबीको तयारी

अष्ट्रेलियासँग चीनको व्यापार करिब बन्दको अवस्थामा छ । व्यापार बन्द भएसँगै अस्ट्रेलियासँगको सम्बन्ध पनि पछिल्लो समय केहि तनावपूर्ण बन्दै गएको छ । दुई देशबीचको सम्बन्ध तनावपूर्णं बन्दै गईरहेका बेला भएको नयाँ परमाणू सम्झौताप्रति चीनले कडा आपत्ति जनाएको छ । सो सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर मात्र नबनाउने भन्दै ठुलो खराबीको तयारी भनेर कडा प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालका प्रवक्ता झाओ ली झानले अमेरिका, बेलायत र अस्ट्रेलियाको साझेदारीलाई गैरजिम्मेवार कदम भन्दै धेरै पुरानो र शीतयुद्धकालीन मानसिकताका रुपमा समेत टिप्पणी गरेका छन ।

फ्रान्सले भन्यो : अस्वीकार्य छ सम्झौता

ओकस सम्झौताप्रति चीन मात्रै होइन् अन्य देश पनि सन्तुष्ट छैनन् । अमेरिकासँग विभिन्न विषयमा सहकार्य गरिरहेको युरोपेली देश फ्रान्सले पनि ओकस सम्झौताको तिव्र विरोध गरेको छ ।

फे्रन्च विदेशमन्त्री जीन एव्सले ओकस सम्झौता स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन् । यो सम्झौतासँगै अष्ट्रेलियाले १२ वटा पनडुब्बि फ्रान्ससँग किन्ने ६६ बिलियन डलरको सम्झौता अर्थहिन हुने भएपछि फान्स ठुस्सिएको हो ।

No description available.

शान्ति र स्थायित्वका लागि सम्झौता : अमेरिका

संयुक्त राज्य अमेरिकाले ओकस सम्झौतालाई महत्वपुर्ण ऐतिहासिक कदम मानेको छ । अमेरीकी राष्ट्रपति जो बाइडनले सम्झौताबाट कोहि तर्सनु नपर्ने बताए पनि इण्डोप्यासिफीक क्षेत्रमा चिनियाँ प्रभाव रोकीने विश्वास गरेका छन् । उनले तीन वटा मुलुकबीचको सहकार्यलाई प्रगाढ बनाउन अर्को एउटा ऐतिहासिक कदम भएको भन्दै दीर्घकालका लागि स्वतन्त्र र खुल्ला इण्डोप्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्नुको महत्वलाई बुझेका छौं भनेर चीन लक्षीत टिप्पणी गरेका छन ।

परमाणूसम्बन्धी नेतृत्वदायी जिम्मेवारीहरुको अभ्यास हो : अस्ट्रेलिया

सम्झौता लगतै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले परमाणू क्षमता विस्तार गर्न नयाँ सम्झौता नगरिएको दाबी गरेका छन । उनले अस्ट्रेलियामा परमाणूसम्बन्धी नेतृत्वदायी जिम्मेवारीहरुको अभ्यासका रुपमा बुझ्नुपर्ने गरी घुमाउरो प्रतिक्रिया दिएका छन । उनले सम्झौतामार्फत अस्ट्रेलियाले परमाणू हतियार प्राप्त गर्न वा परमाणू क्षमताको स्थापना गर्न खोजिरहेको छैन भन्ने कुरालाई प्रष्ट पार्न खोजेका छन ।

मैत्रीपूर्ण सम्बन्धमा नयाँ अध्याय : बेलायत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका र अस्ट्रेलियासँगको सम्झौतालाई विश्व एउटा नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् । उनले तीन देशको बीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ अध्याय शुरु भएको भन्दै साझेदारीको पहिलो काम भनेको अस्ट्रेलियालाई परमाणू उर्जाबाट चल्ने पनडूब्बी उपलव्ध गराएर सहयोग गर्नु मात्र हो भनेका छन । जोनसनले ती पनडूब्बीहरु परमाणू हतियारसहित सुसुजित नभई परमाणू उजौबाट सञ्चालित हुनेछ भन्ने कुरामा सबै प्रस्ट हुनुपर्ने बताएका छन् ।

तीन देशबीचको यो १८ महिने ओकस सम्झौतालाई चीनविरुद्धको नयाँ कदमका रुपमा अन्तराष्ट्रिय मामिलाका जानकारहरुले अथ्र्याएका छन् । चीनले इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो शक्ति र सैन्य उपस्थिति बढाइरहेको बेला अमेरिका र बेलायतले अस्ट्रेलियासँगको साझेदारी रहने गरी विशेष खालको सुरक्षा सम्झौता भएपछि विश्व राजनीतिमा अर्को तरंग फैलिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर प्रविधिका विभिन्न पक्षलाई समेटेर गरीएको भनिएको ओकस सम्झौताले अस्ट्रेलियालाई परमाणू उर्जाबाट चल्ने पनडूब्बी बनाउने बाटो पहिलो पटक खुला भएको छ ।

अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीचको क्वाड साझेदारीलाई नियालीरहेको बेइजिङले इन्डो प्यासिफिक क्षेत्र लक्षित पछिल्लो नयाँ ओकस सम्झौतामा कडा प्रतिक्रिया दिएपछि संसारको ध्यान त्यतातर्फ खिचिएको छ । यसैगरी युरोपको शक्तिशाली देश फ्रान्ससमेत ठुस्सिएपछि उसको भावी रणनीतीप्रति पनि सबैको ध्यान जाने अनुमान गरीएको छ ।

बिबिसी, सीएनएन, वाशिंगटनपोष्ट, गार्जियन, ग्लोबलटाइम्सका समाचार र टिप्पणीहरुले अन्तराष्ट्रिय राजनीतिको पारो बढाएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट