Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

चाडबाडमा यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता



१ असोज, ताप्लेजुङ । नजिकिएको चाडबाडमा सिट क्षमताका आधारमा टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

ताप्लेजुङका यातायात व्यवसायीले यातायातलाई सहज र सर्वसुलभ रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिट क्षमताका आधारमा सहजरुपले टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्न उनीहरु प्रतिबद्ध भएका हुन् ।

जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीबीचको संयुक्त बैठकका क्रममा भाडादरमा कालोबजारी हुन नदिने र सिट क्षमताअनुसार स्वास्थ्य सुरक्षा अपनाएर यात्रु राख्ने व्यवसायीले जनाएका छन् । नजिकिएको चाडबाड र पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले हुने भिडभाडका अवस्थामा समेत यातायातलाई सहज र सुलभ बनाउने बैठकको निर्णय गरेको छ ।

निर्धारित भाडादर कार्यान्वयन गर्ने, कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, यात्रुलाई ठगिनबाट जोगाउने जस्ता विषयमा यातायात व्यवसायी जिम्मेवार र जवाफदेही बन्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार भाडादरका बारेमा यात्रुलाई सुसचितसमेत गराइने छ ।

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।