Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप



असाेज १, काठमाडाैं। चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले चीनसँग पछिल्लोपटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप गत भदौ ४ र ५ गते नै आइसकेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन निगमको जहाज बिहीबार बेइजिङ गएको थियो।

स्वास्थ्य विभागअन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो । साथै अन्य बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।

नेपालले एकै पटकमा यति ठूलो मात्रामा खोप पहिलोपटक ल्याएको छ । नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आइसकेको स्वास्थ्य विभागअन्तर्गतको खोप शाखाले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।