Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



१.
राष्ट्रघाती एम सी सी पारित गर्न दिन हुन्न
राष्ट्रियता दाउमा राखी सहयोग लिन हुन्न
साम्राज्यवाद छ्द्यवेशी बनी पस्न खोज्दा,
जनताले शान्तिपूर्ण विरोध गर्न किन हुन्न ।

२.
ढिलो चाँडो नेतृत्वमा युवाको दाबी हुनुपर्छ
ऐन कानुन निर्माणको तहमा हाबी हुनुपर्छ
हाम्रै पालामा समृद्धि ल्याउने इच्छा छ भने,
युवाको हातमा देश चलाउने चाबी हुनुपर्छ ।

३.
गाउँ जस्तो सुखदुःखमा सहयोगी सहर हुँदैन
उत्पीडित निमुखा वर्गको ठूलाठूला घर हुँदैन
पद पैसा शक्तिको कुर्सीमा बसेर मात्र के गर्नु,
छेपारोले झैं पलपलमा रङ फेर्नेको भर हुँदैन ।

४.
कसरी विकास हुन्छ जताततै मौलाएको छ भाँडभैलो
बाहिर हाँसेर बोल्छन् मनभित्र जमेको छ फोहोर मैलो
राजनीतिक पार्टीहरू एक आपसमा संवाद गर्न छाडेर
एउटाले अर्कालाई दोष लगाउँछन् कसरी खुल्छ दैलो ।

५.
मन थियो अरूभन्दा मिहिनेत गरी अगुवा कृषक बन्ने
आफ्नै पौरखले दूध घिउ बेची पैसाको मुठा मुठा गन्ने
स्वदेशमा केही गरी बस्न खान दिएन साहूको ऋणले,
अधुरै हुने भो मनको चाह खेतबारीको छेउकुना खन्ने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।