Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



(१)
देशलाई माया गर्ने मान्छे, राजनितिमा आउनुपर्छ
स्वच्छ छवि भए मात्र, देश हाक्न पाउनु पर्छ
देश र जनता सबै भुली, आफ्नै स्वार्थ पूरा गर्ने
अब जनता मिली यस्ता, नेता पाखा लाउनुपर्छ
(२)
जता हेर्छु उतै देख्छु, पाईलै पिच्छे काल सडकमा
कहिले हुन्छ धुलै धुलो, कहिले हुन्छ ताल सडकमा
फोहोर मैला भिड भाड, जता ततै जामै जाम
कहिले सम्म हेर्नु पर्छ ? यस्तै यस्तै बेहाल सडकमा
(३)
सिउँदोको सिन्दुर पुछिएपछी, हातका चुरा फुटेपछी
जिन्दगिबाट सदाका लागि , पतिको साथ छुटेपछि
मलाई बोक्सि सम्म भन्न, पछि परेन यो समाज
मेरो सुन्दरता मेरो जवानी, समयले सबै लुटेपछी
(४)
सुख होईन दुख पर्दा, हात र साथ दिने पो सच्चा मित्र
हासो भन्दा आशु झर्दा, हात र साथ दिने पो सच्चा मित्र
शत्रु पनि आफ्ना हुन्छन, खुशी र सुखी हुँदा खेरि
दुख पिडाको नदी तर्दा, हात र साथ दिने पो सच्चा मित्र
(५)
तिम्रो साथ पाउँदा जीवन, लाग्छ बहार छाए जस्तो
जिन्दगीमा दुःख सिद्धिई , खुशीका दिन आए जस्तो
आफ्नो भन्दा बढी तिम्ले, मेरो मायाँ गर्दा खेरि
साँच्चै लाग्छ अचेल मलाई, ठुलै बरदान पाए जस्तो…


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।