back

लघुकथा: उपरखुट्टी

वि.सं.२०७८ असोज २ शनिवार

171 

shares
NTC AD
Global IME AD

‘खान्दानी वैभवको चक्मा !’

गीतामा श्रीकृष्णले अर्जुनलाई पढाए । अर्जुनले कुरा नबुझेर द्रौपदीलाई सोधे । द्रौपदीलाई समस्या पर्याे । उनले पति धर्म बारे सोचेर अर्जुनलाई नै जवाफ पर्काएर भनिन् ।

‘उपरमुखीको आशन जस्तो !’

‘चराको मुख देख्यौ त ?’

‘विचरा मात्रै देखेँ !’

अर्जुनको धनुष वाण शिथिल भयो । श्रीकृष्णले पुन जोस्याए । कुल अधर्म बारे अर्ती दिए । वीरता र लक्ष प्राप्त गर्नका लागि उपदेश फुके । अर्जुनको खुट्टा लगलग काम्यो । श्रीकृष्णलाई अवर छुट्यो । धर्मयुध्दको आफ्नो ईखको ज्वाला छोडेर भने ।

‘युध्दमा आफन्त हुँदैन, बत्स ! देखिरहेछौ न लक्ष !’

‘देखेको छु प्रभु ! तर वंश नास कसरी गर्न सक्छु र ?’

‘कायर हुनु वीरताको पहिचान हैन, ठोक बत्स !’

अर्जुनले वीरता प्रदर्शनका लागि वाण छोडेर हुँकार गरे । उनले दुर्याेधनलाई लल्कारे । रिसालु आवेगसँग उपनिवेशको पहिरन सुटुक्क अर्जुनको टोड्कामा छिरेर धनुष वाणको टङ्कारलाई भन्यो ।

‘दाम चाहिन्छ या चाहिंदैन !’

उपनिवेशको खुट्टी हल्लिरहेको थियो । तिघ्रा पसारिएकै थियो । एक असभ्य सुमो जुरूक्क उठ्यो र कर्णलाई भेटेर सोध्यो ।

‘भिमसेन र तिमीमा को बलवान् लाग्छ ?’

कर्ण नै अलमलमा परेपछि कुरो अर्कैतर्फ मोडियो । द्रौपदीको वाचाल कन्भिक्सनको लयलाई कर्णले सोधे ।

‘छुपरखुट्टी बारे जनता के भन्छन्, थाहा छैन् ?’

‘ल ल छोड्नुस्, दान लिन मन छ कि छैन ?’

कालो निलो अनुहारका बीच वातावरणमा सन्नाटा छायो । एक पटक द्रौपदीले फेरि सम्झाइन् ।
‘लिए दान, नलिए नादान !’

मलिनो अनुहारमा चुपचाप लागेको उपरखुट्टी सोफामा ह्वेलझैं ढसमस्स थियो । मृदुलतम् मुस्कान छुट्ने बेला थियो । मुस्कान पासा आएर डिस्टर्ब गर्याे ।
‘उपरखुट्टी लगाउनेलाई जनकारवाही !’

‘सांस्कृतिक पहिचान दिने ? उल्लू !’

 

वि.सं.२०७८ असोज २ शनिवार ०७:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...