Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

कुकुरको उडानका लागि बिजनेस क्लासको पुरै क्याबिन



३ असोज, मुम्बई । एक कुकुर मालिकले आफ्नो पाल्तु जनावरलाई बिजनेस क्लासको पुरै क्याबिन बुक गरी आरामदायी यात्रा गराएका छन् । बुधवार बिहान एयर इंडियाको ६७१ उडानको बिजनेस क्यास क्याबिनमा बसेर कुकुरले यात्रा गरेको हो ।

मालिकले मुम्बईबाट चेन्नईको दुई घण्टा लामो उडानको लागी साढे दुई लाख बढी रुपैयाँ भन्दा बढी खर्च गरेका थिए । एयर इंडिया मुम्बई-चेन्नई उडानमा एक बिजनेस क्लास सीटको भाडा करिब २०,००० रुपैयाँ पर्दछ ।

एयर इण्डिया ए ३२० विमानमा जे-क्लास केबिन १२ सिट छ, त्यो सबै सिटमा बसेर उक्त कुकुरले लक्जरी यात्रा गरेको भारतीय संचारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

यसअघि पनि थुप्रै कुकुरहरु पहिले एयर इंडिया बिजनेस क्लासमा यात्रा गरेका छन्, तथापि, यो सायद पहिलो पटक हो कि एक सम्पूर्ण क्याबिन एक पाल्तु जनावरको लागी बुक गरीएको हो।

एयर इंडिया एकमात्र भारतीय यात्रुवाहक विमान हो जसले यात्री केबिनमा घरपालुवा जनावरहरुलाई अनुमति दिन्छ। दुई जना यात्रा गर्दा एक घरपालुवा जनावरलाई अनुमति दिन्छ । एउटा उडानमा दुईवटा मात्र पाल्तु जनावरलाई लान सकिन्छ । यिनीहरुलाई अन्तिम सिटमा राख्ने गरिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा