Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

सन्दर्भ संविधान दिवसकाे, प्रसङ्ग अपाङ्गता अधिकारको



प्राय एकाबिहानै सहयोगको आह्वान गर्र्दै विभिन्न मिठा गीतहरुको प्रस्तुती दिएर सहयोग माग्ने एक समूह आज संविधान दिवसको दिन बिहानै हाम्रो दैलोमा आयो । म सक्ने भएर होइन, भावनाका कारण तरकारी किनेर फर्किएको २२० रुपियाँ दिए । त्यो सहयोग दिँदा मलाई गर्व होइन भित्र कताकता आफैलाई हिनताबोध भयो, त्यो हिनताबोधमा फेसबुकको स्टाटस लेख्दा लेख्दै भावना अलिकति लामो बन्न पुगेको छ ।
हामी देखिइरहन्थ्यौ की बेला बेलामा उनीहरु वरपरका घरमा बस्ने तथा बाटामा हिड्ने बटुवाहरुसँग सहयोगको आह्वान गर्दै विभिन्न याचनाहरु गर्दथे । जसले सहयोग दिन्छ उसले दिएको रकम र नाम माइकबाट प्रस्तुत गर्दै विभिन्न आर्शिवादका गुच्छाहरु दिने गर्दथे । हाम्रो टोलमा आएइका यिनीहरुले पक्कै पनि अन्त पनि यस्तै याचना गरेका छन ।

उनीहरुले सहयोगको लागि गरेको याचनाहरु सुनेपछि मन भारी भएर आउँछ । किन कोही व्यक्ति शारीरिक अपाङ्गता भएकै कारण सडकमा आउन बाध्य हुन्छ ? किन बाँच्नका लागि कसैको सहयोगको याचना गर्नुपर्दछ । के उनीहरुप्रति राज्यको कुनै उत्तरदायित्व छैन । निर्वाचनका बेला मत त उनीहरुको पनि चाहिन्छ । हात जोड्दै उम्मेदवारहरु उनीहरुका सामू पनि पुगेकै हुन्छन् । उनीहरुको अशक्ताप्रति दयाभाव देखाउँदै विभिन्न आश्वासन पनि दिएकै हुन्छन् ।

शारीरिक अपाङ्गता भएकै कारण उनीहरुले गर्न सक्ने काम नपाउँदा र बाटामा मागेर हिड्नु पर्ने बाध्यता आउँदा उनीहरुको मनमा कतिचोट परेको होला, आफ्ना सन्तानको यस्तो अवस्था देख्दाउनीहरुको अभिभावकमा कति पीडापरेको होला । सोच्दा मन झनै भारी भएर आयो । उनीहरुसँग राम्रो गाउने कलापनिछ ।

सम्पन्न देशमा अपाङ्ता भएका व्यक्तिलाई राज्यले विशेष सुविधा र केयर गर्ने कारण यस्ता व्यक्तिहरुलाई हेय होइन, सम्मान दिने गरेका छन् तर हाम्रो देशमा यस्ता व्यक्तिलाई परिवार र समाजले हेयले हेर्ने, तिरस्कृत गर्ने गर्दछ । जसकाकारण उनीहरु बाटामा मागेर हिड्नु पर्ने बाध्यता बन्ने गर्दछ ।

शारीरिक अपाङ्गता कुनै पाप होइन, जोकोही मान्छे कुनै पनि बेला अपाङ्ग बन्न सक्छ । सडक दुर्घटनामा परेर सयौँ व्यक्ति अपाङ्गता भैरहेका छन् । अघिल्लो दिन सग्लो देखिएको मान्छे भोलिपल्ट शरीरको कुनै अंग नचलेर प्यारालाइसिस बन्नु परेका घटनाहरु हामीले देखेकै छौँ । तर किन कसैको शारीरिक कमजोरीलाई उपहास गर्दछौ त ! शारीरिक असक्ततालाई आधार बनाएर उनीहरुलाई सम्बोधन गर्ने मात्र त्यहि सम्बोधनलाई अरु मान्छेको कमजोरीप्रति खिसिटियुरी गर्नेबेला प्रयोग गर्दछौँ । यस्ता सम्बोधनप्रति हामीलाई हेक्का नहोला तर अपाङ्गता भएको व्यक्तिका लागि यो शब्द कति पीडादायी होला, सोचौँ त । बोलीचाली कै भाषा बनाइएको यस्ता सम्बोधनहरुको प्रयोग अब हटाउँदै जानु पर्दछ ।

यस्ता मान्छेहरुलाई सम्मानपूर्वक हेर्ने अवस्था सिर्जना गर्ने काम राज्यको हो । सम्भव भए कुनै ठाउँमा आवास गृह बनाएर राख्ने र उनीहरुको क्षमता र सक्षमता अनुसार रोजगार दिने व्यवस्था राज्यले मिलाउनु पर्दछ । उनीहरुको सीप, रुचि र संभावना हेरेर आवासीय ब्यबस्थापनबाट उत्पादनमा उपयोग गर्ने ब्यबस्था सजिलै हुन सक्दथ्यो तर अरबौ खर्चेर मन्त्री क्वाटर बनाउने सरकारले यता ध्यान दिएको पाइदैन । यो बिल्कुलै सम्भव छ तर सरकार न आफनो योजना बनाउछ न अरुका कुरा सुन्छ ।

हाम्रा शासकहरु सुरक्षा घेराभित्र चिल्लो गाडीमा गुड्दैमा आफूलाई उच्च व्यक्तित्व ठान्ने प्रवृत्तिका कारण राज्यको साहरा चाहिनेहरुले कहिल्यै पनि नागरिकको अुनभूति गर्न सकेका छैनन् । सडकमा उनीहरु पनि हिड्नु पर्दछ भनेर समेत सोचेको छैन बरु ठुलाबडाको सवारीमा उनीहरुलाई घिसारेका कैयौ दुश्यले मन पोलेको छ । बिरामी हुँदा उनीहरु पनि अस्पतालसम्म पुग्नु पर्दछ भनेर भौतिक संरचनाहरुको निर्माण गरेको छैन ।

हुनत अपाङ्ता भएका व्यक्तिहरुका सन्दर्भमा कानुनहरु नबनेका होइनन् । अपाङ्गता भएका व्यक्तिले पाउने सुविधा तथा सहुलियतमा विशेष सुविधान भएको पनि होइन, तर व्यवहारमा कार्यान्वयन नभएपछि ‘लंकामा सुन छ, मेरो कान बुच्चै’ भने जस्तै कागजमा उल्लेख हुनु र नहुनु उस्तै हो ।

बाँच्नका लागि अरुको आडभरोसा चाहिने भएपछि स्वभाविक हो, त्यस्तो ब्यक्ति परिवारमा ठूलो समस्या बन्छ । अरबौ सम्पतिका मालिक पनि उपयोग सकिएपछि सडकमा सुतेको र घिस्रीएको दृश्यहरु भेटिएका छन् भने अरु गरिवको त के कुरा । त्यसैले यस्ता व्यक्तिहरुको साहरा राज्यबन्न सक्नु पर्दछ । कुनै कमजोरीले जन्मँदै अपाङ्गता बन्नु र भवितव्यले अपाङ्गता बन्नु पर्ने अवस्थाका त्यस्ता व्यक्तिहरुलाई रोजगारी प्रदान गरेर आफै बाँच्न सक्ने अवस्थाको सिर्जना गरिदिनु पर्दछ । अपाङ्गता भएका व्यक्तिमा क्षमता हुँदैन भन्ने हुँदैन । वैज्ञानिक स्टेफन हकिन्स एक उदाहरण हुन् । मौका पाउन नसके बलिया हातपाखुरा र मोटाघाटा तिघ्रा भएका व्यक्तिले पनि केही गर्न सक्दैनन् । को स्वस्थ जन्मियो, को कमजोर जन्मियो भन्ने कुरा होइन, कोसँग के क्षमता छ भन्ने कुराको पहिचान गर्नसक्ने अवस्थाको सिर्जना राज्यले गर्न सके शारीरिक कमजोरीलाई असक्षमता भनेर बुझ्ने र हेर्ने अवस्थामा केही भने पनि कमि पक्का आउने छ । ७ औँ संविधान दिवस मनाइरहेको सन्दर्भमा सबै राज्यले मानवको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सकोस् हामी सबै नागरिकमा यहि शुभकामना ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले