Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डपत्नी सीतालाई पनि राजनीतिक अभियन्ताका रुपमा विभूषण !



असोज ३, काठमाडौं । विभूषण सिफारिसमा दलीय भागवण्डा भएको आरोप लागिरहेको बेला सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई पनि सम्मान गर्ने भएको छ । सरकारले प्रचण्डपत्नी सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिन लागेको हो ।

सरकारले सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय गरेको छ । जनसेवाश्रीबाट सम्मानित हुने राजनीतिक अभियन्ताको रुपमा उनको नाम ३६ औं नम्बरमा राखिएको छ ।

यस्तै हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका दिवंगत बुबा मंगलकुमार उपाध्यायलाई पनि प्रवल जनसेवाश्री पदक दिने निर्णय भएको छ । सरकारले साहित्यकारका रुपमा उनलाई सम्मान गर्न लागेको हो । सामाजिक सञ्जालमा माधव नेपालका पीताले पाएको पदकप्रति व्यंग गरिएको छ ।

विभूषण अस्वीकार गर्ने बढे

सरकारले दिएको विभूषण एकपछि अर्को गर्दै अस्वीकार गर्ने बढेका छन् । विभूषण वितरण विवेकपूर्णं र पारदर्शी नभएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले अस्वीकार गरेका हुन् ।

नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्ण ज्वाला देवकोटा, इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा, नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृत र कार्टुनिष्ट रविन सायमीले पद वितरण विवेकपूर्णं र पारदर्शी नभएको भन्दै अस्वीकार गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले