Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाल बङ्गलादेश बैंककोे १० औं विस्तारित सेवा केन्द्र हेटौंडामा



३ असोज, काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द«को शुभारम्भ गरेको छ ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका छन । यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि।लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यस विस्तारित सेवाबाट विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।