Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

एनएलजी इन्स्योरेन्स र शिखर इन्स्यारेन्सका सिईओ प्रबल जनसेवा श्रीबाट विभुषित



३ असोज, काठमाडौँ । संविधान दिवसको अवसरमा सरकारले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त र शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डे प्रबल जनसेवा श्री पदकबाट विभुषित गर्ने घोषणा गरेको छ ।

सरकारले असोज ३ गते विभिन्न क्षेत्रका कूल ९०३ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । जसमध्ये बीमकको तर्फबाट दुई जना रहेका छन् । नेपालमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

सुनिल बल्लभ पन्त २०७५ असोज २४ गतेदेखि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्समा सहायक पदबाट बीमा क्षेत्रमा सेवा शुरु गरेका पन्तसँग दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ । त्यसैगरी दीप प्रकाश पाण्डे २०७३ देखि शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा