back

कोरोना कहरपछि ६ लाख युवा स्वदेश फिर्ता, कुन देशबाट कति फर्किए त ?

वि.सं.२०७८ असोज ४ सोमवार

144 

shares
NTC AD
Global IME AD

४ असोज, काठमाडौं । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

कोरोना कहरपछि बैदेशिक रोजगारीमा देखिएको असन्तुलनले बैदेशिक रोजगारीमा जाने नेपालीको पनि गिरावट आएको छ । कोभिड अघि दैनिक एक हजार पाँचसय श्रमिक रोजगारीका लागि जाने गरेकोमा अहिले त्यो घटेको हो ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्याक अनुसार २०७७/०७८ मा अन्तिम स्वीकृति (संस्थागत तथा व्यक्तिग, नयाँ र बैंद्यानिकीकरण) ६२.८ प्रतिशतले घटेको थियो । बैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको हो ।

कुन देशबाट कति नेपाली फर्किए त ?
कोरोना कहरपछि झण्डै ६ लाख युवा नपाल फर्किएका छन् । कुवेत २९,५८२, साउदी अरब ५२,७८६, टर्कीबाट २०,८८९, बहराइनबाट १७०७, कतारबाट १,४८, ७९०, युएईबाट १ लाख ६० हजार ४७०, ओमनबाट ७,३५१, भारतबाट ४६,४६५, बंगलादेशबाट २,६८९, मालदिभ्सबाट १,०१८, सिंगापुरबाट ७,१९६, चीनबाट ३,७९६, दक्षिण कोरियाबाट ३,९४५, जापानबाट १४,०५३, हङकङबाट ३,३९७, मलेसियाबाट ६१ हजार ९६१ र अष्ट्रेलियाबाट १,२४४ जना नेपाल फर्किएको समाचार सोमबारको अन्नपूर्ण दैनिकमा छ ।

वि.सं.२०७८ असोज ४ सोमवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...