Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

संखुवासभा हत्याकाण्डः थप चार पक्राउ, रिसइवीकै कारण आफ्नैले उडाए प्राण पखेरु !



 काठमाडौं । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्याको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका चार जनाको बयानका अनुसार घरायसी रिसइबीकै कारण आफ्नैले विभत्स घटना घटाई प्राण पखेरु उडाएको अहिलेसम्मको प्रहरी अनुसन्धानले देखाएको छ ।

आफ्नैले उडाए प्राण पखेरु
भदौ २१ गते मादी नगरपालिका वडा नं १ खोला गाउँका ९० वर्षीय बौद्ध बहादुर कार्कीका ८२ वर्षीया श्रीमती पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिपेन कार्की र पनातिनी ५ वर्षीया नातिनी गोमा कार्कीको चिर्पट दाउराको प्रयोग गरी हत्या भएको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा नातामा दाजुभाइ पर्ने रण बहादुर कार्कीका २५ वर्षीय छोरा लोक बहादुर कार्कीलाई पक्राउ गरी गत भदौ २७ गते सार्वजनिक गरेको थियो ।पक्राउ परेका कार्कीले रिसइबीका कारण आफू एक्लैले सबैको हत्या गरेको बताएपनि अनुसन्धानका क्रममा प्रहरीले थप ४ जनालाई पक्राउ गरेर रार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, लाल बहादुर कार्कीका ४९ वर्षी छोरा रण बहादुर कार्की र रण बहादुर कार्कीका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेर सार्वजनिक गरेको हो ।

यसरी घटेको थियो घटना
प्रहरीका अनुसार घटनाको दिन मृतकहरुको पिप्लेस्थित खेतमा अभियुक्तहरु खड्ग बहादु कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की खेताला जाने पहिले नै निश्चित भएको थियो । उनीहरुको योजना अनुसार मृतक तेज कुमार कार्की बिहान आउने निश्चित भएपछि खड्ग बहादुर कार्की विहान उनको घरमा गई ‘लोकबहादुर अल्छि छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेजबहादुरलाई लोक बहादुरको घरमा जान कर गरेर घर फर्केका थिए । तेजकुमार लोकबहादुर कार्कीको घरतर्फ जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेका थिए ।

जब खेताला भन्न लोक बहादुरको घर पुगे तेज बहादुर
घटनाको दिन बिहान पाँचबजे लोक बहादुरको घरमा खेताला भन्न पुगेका तेज बहादुरले सुतिरहेका लोक बहादुरलाई ‘अल्छि अहिलेसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोक बहादुर उठेका थिए । त्यतिबेला लोक बहादुरका भाइ नरेश कार्की र बुवा रण बहादुर कार्की घरमै रहेका थिए । लोकबहादुरको घरबाट फर्कने क्रममा पूर्वयोजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दाउराको चिर्पट र अलैचि काट्ने चक्कुले घर पछाडिको गोगनेको रुखनजिक पुगेका तेजबहादुरको टाउकोमा प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा पुर्याएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

लोकेले मार्यो भनेर चिच्याए तेज बहादुर
आफुमाथि प्रहार भएपछि तेजबहादुर ‘लोकेले मार्यो मलाई नमार’ भन्दै गुहार गरेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरकी श्रीमती र बुहारी आएपछि लोकबहादुरले कमला कार्कीलाई चिर्पटले प्रहार गरेको र हस्तबहादुरले छुरा प्रहार गरेका थिए । साथै बुहारी रन्जनालाई नरेशले ठेलेर खोल्सामा झारेको र खड्कबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर हत्या गरेका थिए । मृतक रन्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको पनि प्रहरीले जनाएको छ ।

उक्त घटनाको बेला मृतक नावालक दिपेन र गोमा समेत घरनजिकै बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटामैे छेकेर मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काएर घाटी बटारेर हत्या गरेका थिए । त्यसपछि पाँचैजना अभियुक्तहरु मृतक तेजबहादुरको घरमा पुगे । त्यहाँ ८४ वर्षीया पार्वती कार्कीले मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समातेर घर पछाडिको गोठनजिक लगेका थिए भने लोक बहादुरले टाउको भित्तामा ठोक्काइ घाँटी बटारेर हत्या गरेका थिए ।

यसरी पक्राउ परेका थिए लोक बहादुर
अन्तिममा पार्वतीको हत्या गरेपछि अभियुक्तहरुले घटनामा प्रयोग गरिएको चिर्पट दाउरा र छुरी लिएर लोक बहादुरको घरमा पुगेका थिए । त्यहाँ उनीहरुले छुरीमा लागेको रगत पखालेर बुइकलमा लुकाएका थिए भने चिर्पट दाउरो आगोमा जलाएका थिए । उनीहरुले रगत लागेको कपडा लुकाएपछि हस्त बहादुर र उनका छोरा हस्त बहादुरकाे घर फर्किएका थिए । फर्कने क्रममा रन्जनाले प्रयोग गर्ने गरेको ओप्पे मोबाइल नरेशले स्वीच अफ गरि घरमुनिको ओडारमा लुकाएको पनि अनुसन्धानमा खुलेको छ ।

हत्या गरिसकेपछि उनीहरुले घटनाका बारेमा आफुहरुले कुनै कुरा नसुनेको र थाहा नपाएको भन्ने सल्लाह गरे । उनीहरुले यदि प्रहरी आइ घटनाका बारेमा पत्ता लगाएमा लोक बहादुरले मानसिक रोगको औषधि खाने गरेको र उनले नै जिम्मा लिने सल्लाह गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

रिसइबीकै कारण हत्या
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरुले रिसइबीकै कारण घटना घटाएको खुलेको छ । अभियुक्तहरुमध्ये खड्ग बहादुरले नियमित रुपमा रक्सी खाने, श्रीमती र परिवारका सदस्यलाई कुटपिट गालिगलौज गर्ने हुनाले तेज बहादुरले ‘तँ जड्याहा किन यसो गर्छस्’ भनि गाली गर्ने गरेको र खड्ग बहादुरले ‘तलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको खुलेको छ । साथै लोक बहादुरलाई पनि ‘तँ पागल, अल्छि, केही कामगर्न सक्तैनस्’ भन्ने, नरेशलाई ‘तँ डुडे काम नलाग्ने भइस्’भन्ने तथा रण बहादुरलाई पनि ‘तँ लठेब्रो केही गर्न सक्तैनस्’ भन्ने गरेकोले तेज बहादुरको परिवारैको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले बयानका क्रममा तेज बहादुरले जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको र अभियुक्तहरु उनको खेताला जानुपर्ने अवस्था आएको भन्दै सोहि मौका छोपी हत्या गरेको समेत अनुसन्धानमा खुलेको छ ।

No photo description available.

May be an image of 3 people, people standing and text

No photo description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।