Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रहरी लगाएर दमन गरिएको भन्दै स्वावलम्बन बैंकका कर्मचारी रुष्ट



सुदीप कार्की,काठमाडौं । स्वावलम्बन लुघवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले व्यवस्थापन पक्ष र ट्रेडयुनियनबीच भएको पटक–पटकको सम्झौता कार्यान्वयन नगरेको भन्दै रुष्ट भएका छन् ।

राष्ट्र बैंकको समेत रहोवरमा व्यवस्थापन पक्ष र युनियनका कर्मचारीबीच विभिन्न विषयलाई लिएर गरिएका सहमति÷सम्झौताहरु कार्यान्वयन नगरी संस्थामा व्यवस्थापन पक्षले द्धन्द्धको अवस्था सिर्जना गरेको तथा प्रहरी बोलाएर दमन गरिएको युनियनका महासचिव प्रदीप वाग्लेद्धारा जारी विज्ञिप्तमा जनाइएको छ ।

No description available.
व्यवस्थापनले युनियनको नियमित गतिबिधि गर्न बन्देज लगाएको, विगतमा नियामक निकायको मध्यस्थतामा भएका सहमतिहरु समेत दशकौंदेखि कार्यान्वयन नगरेको, पाँचौ तहका कार्यालय प्रमुखलाई कायम मुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेको, अतिरिक्त समय काम गरे वापत अतिरिक्त भत्ताको व्यवस्था नगरेको, दैनिक ज्यालादारी कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम् ज्याला तथा श्रेम ऐनले व्यवस्था गरेको न्यूनतम सेवा सुविधा समेत उपलब्ध नगराएको,कोभिड १९ बाट संक्रमित भएका २५० जना कर्मचारीलाई उपचार लाग्दा गरेको खर्च लामो समयसम्म वीमा कम्पनीबाट भुक्तानी नआएको बहानामा संस्थाको तर्फबाट कुनै सुविधा दिने व्यवस्था नगरेको, व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका कर्मचारीको तलब, ग्रेड तथा भत्ता वृद्धि समायोजना गर्दा पटक–पटक भेदभाव भएकाले आफुहरु विगत ४३ दिनदेखि शान्तिपूर्ण धर्ना कार्यक्रमहरु गरेको पनि महासचिव वाग्लेले बताएका छन् ।

No description available.

‘बाध्यताम्क परिस्थितिमा विगत ४३ दिखि शान्तिपूर्ण धर्नामा रहदा समेत व्यवस्थापन पक्ष समस्या समाधान गर्न सकाात्मक हुनुको साटो कर्मचारीमाथि दमनको नीति अबलम्बन गरी अघि बढेको स्थितिमा हामी थप संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

No description available.

कर्मचारी पक्षले पटक–पटक आफ्ना मागहरु पूरा गर्नका लागि मौखिक तथा लिखित रुपमा विभिन्न समयमा गरिएको अनुरोध व्यवस्थापनले लत्याएको र भदौ ५ गते सूचना नै जारी गरेर कार्यालयमा हाजिर हुन आउने बारेको सूचना जारी गरी ‘कर्मचारी सेवा विनियमावली २०६२ संशोधनसमेत) को विनिमय ९४ बमोजिमको कार्बाही प्रक्रिया अगाडि बढाइने व्यहोरा’ को धम्कीपूर्ण सूचना प्रकाशित गरेकोमा आपत्ति जनाउँदै व्यवस्थापन पक्ष समस्या समाधान गर्नुको साटो विवाद बढाउनतर्फ अग्रसर रहेको आरोप पनि उनीहरुले लगाएका छन् ।

No description available.

प्रहरी आएको दमनका लागि होइन

यसैबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयराज खतिवडाले कर्मचारीमाथि दमन नगरिएको बताएका छन् ।
संसारन्युजसँगको कुराकानीमा खतिवडाले कर्मचारीहरु कानुनी बाटोबाट नआएको बताउँदै आफूहरुले प्रहरी बोलाएर दमन नगरिएको तर शान्ति सुरक्षाका लागि प्रहरी आउनु स्वभाविक भएको बताएका छन् ।

‘साथीहरु कानुनीबाटोबाट आउनु भएको छैन । प्रहरी लगाएर दमन गर्ने हाम्रो नियत होइन । शान्ति सुरक्षाका लागि प्रहरी आउनु स्वभाविक हो । साथीहरु निसकासमा सहज आउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ सिइओ खतिवडाले भने ।

No photo description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।