Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, २६२ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शुक्रवार १, शनिवार ४ र आइतवार १ जना गरेर ६ जनाको मृत्यु भएको हो । प्रदेशमा सोमबार मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

पछिल्लो पटक थपिएका ६ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म १३४६ पुगेको छ ।

त्यसैगरी प्रदेशमा शनिवार, आइतवार र सोमबार (तीनदिनमा) गरेर २६२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा म्याग्दीमा १२, पर्बतमा १, गोरखामा १७, लमजुङमा ८, तनहुँमा १०, कास्कीमा १३४, बाग्लुङमा २५, स्याङजामा ३९ र नवलपरासीपूर्वमा १६ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लोपटक थपिएका २६२ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ८४ हजार ४७६ पुगेको छ । तीमध्ये ८१ हजार ४९१ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल १६३९ जना सक्रिय संक्रमित मध्ये १४४२ जना होम आइसोलेशनमा रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।