back
CTIZAN AD

दलहरु जुटे निर्वाचनको तयारीमा

वि.सं.२०७३ फागुन १६ सोमवार

825 

shares

 १६ फागुन,भक्तपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै भक्तपुरमा दलहरु निर्वाचनको तयारीमा जुटेका छन् ।

आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका हुन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनको घोषणासँगै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको छ, भक्तपुरका सबै निकाय काँग्रेसकै पक्षमा ल्याउन कार्यकर्ता परिचालन गरेर अगाडि बढेको छ ।”

काँग्रेसले जिल्लाका ६ वटै नगरपालिकामा नगर समितिमार्फत कार्यकर्ता परिचालन, उम्मेदवारको छनोटलगायतका बारेमा छलफल अगाडि बढाएको छ ।

नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले भक्तपुर क्षेत्र नं १ मा पर्ने स्थानीय निकायलाई काँग्रेसमय बनाउन पार्टी अगाडि बढेको बताउनुभयो । १८ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले कार्यकर्तामा उत्साह जागेको बताउनुभयो ।

यता नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष बच्चन देउजाले भन्नुभयो, ‘‘जिल्लाका सबै स्थानीय निकायमा यसपटक एमालेको एकलौटी जित हासिल गर्ने योजनासहितको कार्यक्रम लिएर एमाले अगाडि बढिसक्यो, निर्वाचन सफल र शान्तिपूर्ण बनाउन एमाले कटिबद्ध छ ।”

यता माओवादी केन्द्रका जिल्ला इन्चार्ज डिपी ढकालले पनि गाउँगाउँमा कार्यकर्ता परिचालन गरेर निर्वाचनको तयारीमा जुटेको बताउनुभयो ।

“संविधान कार्यान्वयन र जनताको चाहना पूरा गर्ने बेला आएको छ”, उहाँले भन्नुभयो – “निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न र आफ्नो पक्षमा जित सुनिश्चित गर्न माओवादीले ‘एक घर एक कार्यकर्ता अभियान’ सहित माओवादी केन्द्र निर्वाचनको तयारीमा होमिसकेको छ ।”

नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले भन्नुभयो – “नेमकिपाले वर्षौंदेखि उठाउँदै आएको स्थानीय निकाय निर्वाचनको माग पूरा हुने बेला आएको छ, हाम्रो पार्टीले निर्वाचनलाई सफल बनाउन लाग्नेछ, आगामी पाँच दिनभित्र पार्टीको बैठक बसेर निर्वाचनका लागि आवश्यक कार्यक्रम तय गर्दै अगाडि बढ्ने छ ।”

यता राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राप्रपा एक भएको वर्तमान समयमा घोषणा भएको निर्वाचनले राप्रपाको स्थान बढाउने बताउँदै पार्टी निर्वाचनको कार्यक्रमसहित गाउँ गाउँ पसेको बताउनुभयो ।

यता नेकपा (माले)का अध्यक्ष अदीप खड्का, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष शिवहरि खनाललगायतले पनि निर्वाचनका लागि पार्टीले कार्यक्रम तय गर्न लागेको बताउँदै अब केही दिनमै निर्वाचनका कार्यक्रमसहित गाउँ गाउँमा जाने बताउनुभयो ।

गाउँ गाउँमा कार्यकर्तामा उत्साह बढेको बताउँदै जिल्लास्थित नेताहरुले चुनावी माहोल बनेको बताएका छन् ।

वि.सं.२०७३ फागुन १६ सोमवार १०:२७ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...