Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

खड्काको नियुक्तिप्रति कांग्रेसमा तिव्र असन्तुष्टी, पौडेल पक्षले बोलायो बैठक



काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको नियुक्तीप्रति विमती व्यक्त गरेका छन् । बताइएअनुसार उनको नियुक्तीप्रति पार्टीभित्र सामान्य छलफल पनि नगरिएको भन्दै पौडेलले विमती व्यक्त गरेका हुन् ।

पौडेलले खड्काको नियुक्तीको विषयमा छलफल गर्न बेग्लै बैठक नै बोलाएका छन् । बताइएअनुसार दिउँसो १ बजेका लागि पार्टी महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेले बैठक बोलाएका हुन् ।

देउवाले यसअघि मन्त्रीहरु नियुक्त गर्दै गर्दा पनि सामान्य छलफल नगरेको भन्दै पौडेल पक्ष असन्तुष्ट देखिएको थियो । उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा गरिएको नियुक्तिप्रति पौडेल पक्षले आपत्ति नै जनाएको थियो ।

गृह, कानून र स्वास्थ्यमा देउवाले नियुक्ती गरिसकेको हुनाले पौडेल पक्षले परराष्ट्रमा दाबी गर्दै आएको थियो । पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालले परराष्ट्रमा दाबी गरेका थिए ।

देउवाले बुधबार बिहान खड्कालाई मन्त्रीमा नियुक्तीका लागि सिफारिस गरेका थिए । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएसँगै देउवाले खड्कालाई मन्त्री बनाएका हुन् ।

बताइएअनुसार आज सपथग्रहण लगत्तै खड्का नेतृत्वको टोली अमेरिकाको लागि प्रस्थान गर्नेछ । परराष्ट्र मन्त्रालय स्रोतले बताएअनुसार आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा