Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

विकास बैंकहरुको व्यवसायमा उल्लेख्य वृद्धि



काठमाडौँ । ‘ख’ वर्गका विकास बैंकहरुको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल डेभलोपमेन्ट बैंकर्स एसोसिएसनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो ।

नेपालमा सञ्चालनमा रहेका कूल १८ विकास बैंक मध्ये १५ वटा विकास बैंकले एक हप्तामा समग्रमा ० दशमलब ५५ प्रतिशत बढी निक्षेप संकलन गरेका छन् भने १ दशमलब ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेका छन् । बजारमा कर्जाको माग बढीरहेको बेला विकास बैंकहरुको यो कर्जा प्रवाह उल्लेख्य हो ।

राष्ट्रिय स्तरका विकास बैंकको स्थिती
एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुले गतहप्ता शुन्य दशमलब ५९प्रतिशतले निक्षेप संकलन वृद्धि गरेका छन् । त्यस्तै, उनीहरुको कर्जा प्रवाह पनि १ दशमलब ४६ प्रतिशतले बढेको छ ।

अघिल्लो हप्ता करिब ४ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले यो हप्ता करिब ४ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका छन् । यो रकम
गत हप्ता भन्दा करिब २ अर्ब ४८ करोड रुपैयाँले बढी होे ।

त्यस्तै, अघिल्लो हप्ता करिब ३ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका उनीहरुले यो हप्ता करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । यो गत हप्ता भन्दा करिब ५ अर्ब ३९ करोड रुपैयाँले बढी होे । हाल नेपालमा ६ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु सञ्चालनमा छन् ।

क्षेत्रिय स्तरका विकास बैंकहरुको स्थिती
यता क्षेत्रिय स्तरका विकास बैंकहरुले यो हप्ता शुन्य दशमलब ०० प्रतिशत कम निक्षेप संकलन गरेका छन् । त्यस्तै, उनीहरुको कर्जा प्रवाह भने ० दशमलब ४५ प्रतिशतले बढेको छ ।

अघिल्लो हप्ता करिब ३१ अर्ब ९८ करोड निक्षेप संकलन गरेका उनीहरुले यो हप्ता करिब ३१ अर्ब ९७ करोड मात्र निक्षेप संकलन गरेका छन् । यो रकम गत हप्ता भन्दा करिब ८४ करोड रुपैयाँले कम होे ।

त्यस्तै, अघिल्लो हप्ता करिब २८ अर्ब ८ करोड कर्जा प्रवाह गरेका विकास बैंकहरुले यो हप्ता करिब २८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गत हप्ताभन्दा करिब १२ करोड रुपैयाँले बढी होे । हाल नेपालमा १२ वटा क्षेत्रिय स्तरका विकास बैंकहरु सञ्चालनमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।