Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

सीता दाहालले पाएको पदकको बचाउमा उत्रिए विप्लव पुत्र प्रकाश



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय अहिले चर्चामा छ । उनले पदक पाउनु ठिक हो कि बेठिक भन्ने कोणबाट बहसहरु भईरहेका छन् ।

प्रचण्डपत्नी सीता दाहालको विषयमा भईरहेको बहसमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पनि जोडिएका छन् । उनले दाहालले पाएको पदकको विषयमा भईरहेको आलोचनाको विरोध जनाएका छन् ।


चन्दले दाहाललाई सम्मान गरिनु राम्रो कुरा भएको भन्दै दाहालप्रति मजाग नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘आमा तिम्लाई मेरो पनि सम्मानस् बिरोध गर्ने साथिहरु ठन्डा दिमागले सोच, तिम्रो बुडिले तिमि अबेर घर आउँदा २ दिन बोल्दिनन। तिम्लाई काँडा बिज्दा आमाले राति भात खान्निन तर यि आमाले त त्यो संघर्ष मा तिम्रो आमा र बुडिले भन्दा पक्कै बढि नै दुस्ख गरिन अनि किन रुन्छौ यार ? आमालाई मजाग नबनाउ।’

सरकारले संविधान दिवसको अवसरमा दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय गरेको थियो । राजनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने सूचीमा उनको नाम ३६ औं नम्बरमा राखिएको छ ।

सम्बन्धित समाचार

प्रचण्डपत्नी सीतालाई पनि राजनीतिक अभियन्ताका रुपमा विभूषण !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा