Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा छुट



६ असोज, काठमाडौँ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्ट प्राइभेट लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूले सो रिसोर्टमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमा पाउने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात् सिटिजन बैंकको कर्मचारीहरूले बन्दीपुर माउण्टेन रिसोर्टमा उपलब्ध सेवा तथा सुविधाहरूमा खानामा २० प्रतिशत र रुममा १५ प्रतिशत छुट पाउने र डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई खानामा १५ प्रतिशत र रुममा १० प्रतिशत छुट पाउने प्रावधान रहेको छ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।