Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित



६ असोज । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी सङ्क्रमित भएको बताइएको छ ।

बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएका छ । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिने क्रम जारी रहेको छ ।

उनीहरुका अनुसार त्यहाँ आजसम्म यहाँका सङ्क्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी त्यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।