Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

सत्तारुढ गठबन्धनको बैठक बस्दै, होला त मन्त्रिपरिषद्लाई पूर्णंता दिने निर्णय ?



काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनका एक नेताले बताएअनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ६ बजेदेखि बस्न लागेको हो ।

उनका अनुसार कांग्रेस पदाधिकारी र माओवादी केन्द्रको स्थायी समिति बैठक सकिए लगत्तै गठबन्धनको बैठक बस्नेछ ।

आजको बैठकले मन्त्रिपरिषद्लाई पूर्णंता दिनेबारे ठोस निर्णय गर्नसक्ने गठबन्धनका एक नेताले जानकारी दिए । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय लिएको थियो ।

अहिले मन्त्री छनौटकै विषयमा निर्णय लिन कांग्रेसको पदाधिकारी र माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

गत असार २९ मा गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले ७० दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णंता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णंता दिन नसक्दा चौतर्फी रुपमा उनी र सत्ता साझेदार दलहरुको आलोचना हुने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।