Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा देशैभरी थपिए १४७८ कोरोना संक्रमित, ६ जनाको मृत्यु



६ असोज, काठमाडौं । नेपालमा आज १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७८ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १६३० रहेको छ ।

पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १३ हजार ९३० वटा नमुना परीक्षणमा देशैभरी १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १४७८ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ७७ हजार ४३३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६३० जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६३० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।

त्यस्तै आज देशैभरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ । केही दिनयता मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ ।

नेपालमा हाल २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १९ हजार ८०५ जना होमआइसोलेशन र १३३४ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ३३४ र भेन्टिलेटरमा ११९ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा र ५७ लाख ५२ हजार ८५३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ५६ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आज देशैभरी थपिए १३३० कोरोना संक्रमित, ५ जनाको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।