Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेसको महाधिवेशन तालिका पुनः परिमार्जन हुने



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तालिका पुनः परिमार्जन हुने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले महाधिवेशन कार्यतालिका फेरि परिमार्जन गर्ने निर्णय गरेको हो ।

वडा अधिवेशन सकिएका जिल्लामा नगरपालिका र गाउँपालिकाको अधिवेशनहरू पूर्वनिर्धारित समय अनुसार असोज ९ मा गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको बताए । पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो ।

सो बैठकले वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिएको छ ।
नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवशेन गरिनेछ । कार्यदलले नामावली प्रकाशन गरे अनुसार निर्वाचन समितिले मिति तोक्ने बताइएको छ ।

काँग्रेसले यसअघि अधिवेशन गर्ने मिति ४ पटक सारिसकेको छ । पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।