Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पूर्वमुख्यसचिव लिलामणि माओवादीको कार्यक्रममा, पौडेल भन्छन्–सदस्यता लिइसकेको छैन



गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा देखा पर्न थालेका छन् ।

गृहजिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हुन थालेको पाइएप्छि उनी माओवादीमा लागेको कुरा चर्चामा आउन थालेको छ । तर यस विषयमा संसारन्युजले राखेको प्रश्नमा पौडेल भन्छन्– माओवादीका राम्रा कुराको संप्रेषण गरेको हुँ, सदस्यता लिएको छैन ।’

पौडेलले विषयगत क्षेत्रमा पार्टीहरुले बोलाउँदा अस्वीकार नगर्ने गरेको भन्दै जिल्लामा माओवादीको कार्यक्रममा उपस्थित भएको स्वीकार गरे ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्रका रुपमा चीनमा काम गरेको भन्दै उनलाई माओवादी वृत्तका मानिसहरुले नजिक ठान्ने गरेका छन् ।

प्रशासक हुँदा सेवाग्राही मैत्री नीति बनाउन, विकृति र बेथिति घटाउन, हेलो सरकारलाई प्रभावकारी बनाउन, किसान तथा उत्पादकका समस्या समाधानमा पहल गर्न तथा वागमती सफाई महाअभियान सुरुवात गरी सफाइ जागरण सन्चालन गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यस सम्बन्धमा नेकपा माओवादी केन्द्र गुल्मीका नेता तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पौडेलजस्तो व्यक्तित्व राजनीतिमा आउँदा राम्रो हुने बताए । ‘प्रशासनमा राम्रो अनुभव भएको व्यक्तित्व राजनीतिमा आउँदा राजनीतिमा थप आकर्षण पैदा हुन्छ ।’ पोखरेललले भने ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा