Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को महासचिवमा डा. बेदुराम भुसाल बन्ने भएका छन् । एकीकृत समाजवादी सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

एकीकृत समाजवादीमा भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेललगायत महासचिवका आकांक्षी थिए । तर, पार्टीको सचिवालयमा भुसालको पक्षमा सहमति जुटेको हो ।

बताइएअनुसार केन्द्रीय कमिटी बैठकबाट भुसालको पक्षमा सर्वसम्मत निर्णय हुनेछ ।

आजको बैठकले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको टुंगो लगाउने बताइएको छ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक आज सम्पन्न गर्ने तयारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।