Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

के युवराज संग्रौला र सुर्यराज आचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ?



काठमाडौं । सामाजिक सञ्जालमा अहिले पूर्वमहान्यायाधिवक्तासमेत रहेका डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज आचार्यको विषय चर्चामा छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको भन्ने समाचार केहि सञ्चार माध्यममार्फत सार्वजनिक भएसँगै उनीहरुको चर्चा चलेको हो ।

नेकपा (एस) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले भनेको आधारमा समाचारहरु सार्वजनिक भएसँगै संग्रौला र आचार्यको विषय चर्चामा आएको थियो । उपाध्यक्ष पौडेलले केहि सञ्चार माध्यमलाई दुवै जना आफ्नो पार्टीमा प्रवेश गरेको बताएका थिए ।

तर, समाचार बनेको र चर्चामा आएको विषय गलत भएको भन्दै संग्रौला र आचार्यले आपत्ति जनाएका छन् । संग्रौला र आचार्यले आफुँहरू कुनै पार्टीमा आवद्ध नभएको पनि प्रष्ट पारेका छन्।

‘वास्तविकता के हो भने यो पार्टीसँग सम्वद्ध युवा संगठनले नेपालको विकासका चुनौती र अवसर’ बारेमा बोल्न निम्त्याएको हो। यस्ता प्रवचन मैले विभिन्न दल र दल सम्वद्ध संगठनमा दिँदै नै आएको छु’, आचार्यले ट्वीट मार्फत भनेका छन् ।

संग्रौलाले पनि सञ्चारमाध्यमलाई यस्ता अफबा नफैलाउन आग्रह गरेका छन् । उनले कांग्रेसदेखि सबै पार्टीको कार्यक्रममा प्रशिक्षण दिँदै आएको बताएका छन् ।

बिहीबारदेखि शुरु युवा संघ नेपालको केन्द्रीय सचिवालयको बैठकमा संग्रौला र आचार्यले प्रशिक्षण दिने दिँदैछन् । तर, उक्त प्रशिक्षणमा विसुद्ध पेशागत हिसाबले मात्रै सहभागी भएको दुवैको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा