Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

यता न उताका भए माधव छाडेका नेताहरु



२ जेठ, २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार माधव पक्षका केही नेताहरू अन्तिम समयमा आएर केपी ओली तिर लागे । तर ओली सहमति अनुसार अघि बढ्ने पक्षमा नदेखिएको टिप्पणी उनीहरूबाट आउन थालेको छ । एमाले अध्यक्ष ओलिले फेरि जालझेल सुरु गरेको प्रतिक्रिया आएका छन् । कार्यक्रमहरूमा बोल्ने क्रममा उनकै आश्वासनमा माधव समूहबाट आएका नेताहरूलाई पुरानो जिम्मेवारी नरहेको दर्शाइसकेका छन् ।

१० बुँदे सहमतिअनुसार ०७५ जेठ २ को पार्टी संरचनालाई निशर्त ब्यूँताउनु पर्दछ तर, संस्थापन पक्षले उक्त सहमतिलाई उल्लंघन गर्न थालेको छ  । एमाले अध्यक्ष ओलीले गत भदौ २२ मा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा स्पष्ट रुपमै ०७५ जेठ २ को अवस्थामा पार्टी संरचना फर्किन नसक्ने बताएका थिए ।

उक्त अभिव्यक्तिपश्चात ओलीले भदौ २७ मा एमालेमा तेस्रो धारको नेताको पहिचान बनाएका पार्टी उपाध्यक्ष भीम रावललाई बोलाएर सुदूरपश्चिममा लेखराज भट्ट नै इन्चार्ज भएको जानकारी दिएका थिए । उनले सुदूरपश्चिममा समन्वय मात्रै गर्न रावललाई निर्देशन दिएका थिए । ओलीको जवाफ पश्चात सुदूरपश्चिम पुगेर भीम रावलले ‘त्यागलाई कमजोरी ठाने नतिजा गलत आउने’ चेतावनी दिएका छन् ।

१० बुँदे सहमतिअनुसार ०७५ जेठ २ को पार्टी संरचनालाई निशर्त ब्यूँताउनु पर्दछ तर, संस्थापन पक्षले उक्त सहमतिलाई उल्लंघन गर्न थालेको छ  । एमाले अध्यक्ष ओलीले गत भदौ २२ मा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा स्पष्ट रुपमै ०७५ जेठ २ को अवस्थामा पार्टी संरचना फर्किन नसक्ने बताएका थिए ।

एमाले उपाध्यक्ष भीम रावल माधव पक्षमा रहँदा केपी शर्मा ओलीप्रति सबैभन्दा असन्तुष्टि जनाउने व्यक्ति थिए र नयाँ पार्टीको मस्यौदा र खाका समेत उनैले तयार गरेका थिए । तर माधव पक्षको पार्टी विभाजनलाई असहमति जनाउँदै एमालेमै फर्किएका भीम रावलको जिम्मेवारी खोसिएको छ । ‘अबको पार्टी अध्यक्ष’ भन्ने आश्वासनमा उनी एमालेमा फर्किएको खबर बाहिरिएका पनि थिए । तर ओलीले उक्त आश्वासन पार्टी विभाजन रोक्नका लागि मात्र फालेको तुरुप थियो भन्ने स्पष्ट भएको छ ।

भदौ ३१ मा भएको एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रदेश इन्चार्जको जिम्मेवारी नभएको देखियो । जेठ २ अघि फर्कंदा उनी एमालेको बाग्मती प्रदेश इन्चार्ज र पार्टी उपाध्यक्ष समेत हुन् । तर उनलाई आसन ग्रहण गराउँदा बागमती प्रदेशकी मुख्यमन्त्री भनियो भने नेकपा(माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेश इन्चार्ज भनेर आसन ग्रहण गराइयो ।

प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा शाक्यले आफ्नो जिम्मेवारी खोसिएको कुरालाई विवादको विषय नबनाए पनि अप्रत्यक्ष रुपमा पार्टी नेतृत्वमाथि प्रश्न उठाएकी छन् । उनले सम्बोधनकै क्रममा एमाले त्यागेर एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपालको एमालेमा ठूलो योगदान रहेको भन्दै पार्टीमा फर्कन आग्रह गरेकी थिइन् । तर शाक्यको उक्त आग्रहलाई ठाडै अस्वीकार गर्दै अध्यक्ष ओलिले माधवलाई एमालेमा कुनै ठाउँ नभएको बताएका थिए  ।

बालकोटको बार्दलीबाट बढी रुखो बोलेका केपीलाई माधवले त्यहि रुपमा प्रत्युत्तर दिन छाडेका छन् । मिनभवन आलोकनगरको बार्दलीबाट माधवले ‘कसैले टोक्यो भन्दैमा उसलाई टोक्न नजाने’ भनेका छन् भने मझदारका पुराना सहयात्रीमाथि कडा प्र्रहार नगर्न आफू निकटलाई निर्देशन दिएका छन् ।

नयाँ पार्टीप्रति असहिष्णु जस्तो देखिने योगेश भट्टराईलाई पुरानो पार्टीमा प्रवक्ताको पूर्ववत जिम्मेवारी दिइएको छैन । प्रदिप ज्ञवालीले नै पार्टी प्रवक्ताको रुपमा विज्ञप्तिहरू जारी गरिरहेका छन् । कुनैबेला माधवको खम्बा भनिने सुरेन्द्र पाण्डे केहि समय यता चर्को बोलेका छैनन् भने वचारीक नेता भनिएका घनश्याम भुसालले सार्वजनिक मंचहरूमा अपमान व्यहोरीरहेका छन् । माधवका विश्वासपात्र मानिएका रघुजी पन्त पनि पाण्डेजस्तै एमालेमै मौन रहेका छन्  । मुख्यमन्त्री बनेका अष्टलक्ष्मी र भीम आचार्यको पद धरापमा परेपनि आहिले उनीहरू माधवको समर्थनको अपेक्षाबाट पुरै टाढीइसकेका छैनन् । समाजवादीले प्रदेश १ मा राजेन्द्र राई र बागमतिमा राजेन्द्र पाण्डेलाई दलको नेता बनाइसकेको छ ।

बालकोटको बार्दलीबाट बढी रुखो बोलेका केपीलाई माधवले त्यहि रुपमा प्रत्युत्तर दिन छाडेका छन् । मिनभवन आलोकनगरको बार्दलीबाट माधवले ‘कसैले टोक्यो भन्दैमा उसलाई टोक्न नजाने’ भनेका छन् भने मझदारका पुराना सहयात्रीमाथि कडा प्र्रहार नगर्न आफू निकटलाई निर्देशन दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा