Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

धमाधम विद्यार्थी बिरामी पर्न थाले पछि दुई विद्यालय बन्द



पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थाले पछि दुई विद्यालय बन्द गरिएको छ ।

विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको हो । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेकामा सातापछि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेकाले अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए । अहिले पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी छन् । विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रा.वि. पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको नभएका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको प्रधानाध्यापक तिमल्सिनाले बताए ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी भएकाले सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

भाइरल जरो र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले सजगता अपनाउन विद्यार्थीलाई भनिएकाले उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा जचाएर औषधि सेवन गरिरहेको प्रधानाध्यापक तिमिल्सिनाले बताए । जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५सङ्क्रमितको मृत्यु भइसकेको छ ।

रासस

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट