Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

‘प्रचण्ड भजन’मा स्वर नदिएपनि उनी झण्डा ओढेरै गए…



‘कहिलेकाँही आफैँ मरेको सपना पनि देखिन्छ । तपाईँले देख्नु भएको छ कि छैन ? मैँले त दुई पटक बढी मेरै लाश बोकेर डुंड (पैँयु ३ पर्वतको एउटा बजारउन्मुख बस्ति)बाट तल लागेको देखेको छु’ रमाइला र हँसिला पण्डितजीले यस्ता धेरै कुरा सुनाउदै गर्दा हामीलाई दिल्लीमा दिन गएको पत्ता हुँदैनथ्यो ।

०५८ को संकटकाल पछि पेशा नै छाडेर भूमिगत हुन बाध्य भएपछि राजधानीमा ज्यान बचाउ अभियान चलेको थियो । काठमाडौं खाल्डो स्विप गरेको हुंकार त्यतिबेलाको दुश्मन पक्षले गरेको थियो । परीवारभित्रकै श्रीमति मिना र भतिजो बिनोदलाइै समेत सेनाले पक्रेर बेपत्ता बनाएपछि दुई साना छोराछोरी त्यतिबेला मुख्यत दुर्गा भाउजु, दीपक भाइ, छोरी देवी र सालो आकाश लगायतका परीवारजनको जिम्मामा रहेको अनुभूतिका साथ म पनि पार्टी काममा सक्रिय रहेको थिए । तर मुटु दुख्ने रोगको आशंका बढेकै बेला ज्यान पनि बच्ने उपचार पनि हुने भन्दै भारतको राजधानी दिल्ली जाने मनस्थिती बनाए ।

आफनै परिवारका दुईको पत्तो छैन, मनोविज्ञान सारै कमजोर भएको छ । नजाउ भने मेरै खोजीमा उनीहरुलाई चर्को यातना दिएको छ, झन मलाई भेटे के गर्ला । पछि सेनाका एक मेजर, एक लप्टन र अर्का हितैसी साथिले म्याडम सकुशल रहेको खबर भनेपछि अब त नमार्ला नी भन्दै आँट थपियो । उनीहरुलाई कल्पेर बस्दा उपचार पनि नहुने र ज्यान पनि खतरामा पर्ने यी द्धिबिधाका बिच दिनेशदाइले जानै ठिक भन्नुभयो । दिल्ली गएपछि बस्ने समस्याको कुनै पीर छैन भन्दै उहाँले बुटवल र भैरहवाको बिचबाट लुम्बिनी निस्केर जान सजिलो हुने भनेपछि हामी किरीयापुत्रीको भेषमा भैरहवाको रात्रीबसमा चढियो । गर्मीयाममा परालको खराउ, अस्तु भनिएको तामाको सानो लोटा र सेतो च्यादरले छोपीएर हामी बसमा होमीयौँ ।

No description available.

बिहानै हामी दिल्ली बस अड्डा पुग्यौ । त्यहाँबाट फोन गरेको एक घण्टामै एक जना पुर्व परिचित र अति मायालु मानिस अटो लिएर त्यहाँ आए । उनले सरासर सुवासनगर मन्दिर पुर्‍याए । त्यहाँ उनी पण्डितसहित हर्ताकर्ता रहेछन् । उनले मन्दिरभित्रका अनुशासन, दिल्लीका मानिसले पण्डितप्रति गर्ने श्रद्धा सबै कुरा बडो रोमान्चक ढंगले बताउथे । हामी दिल्लीमा जताततै पुगेपनि प्रायः बेलुकाको बास सँगै बस्ने गर्दथ्यौ । दिनेश दाइलाई साँझलाग्ने, र मलाई पनि मन लाग्ने भएपछि पण्डितज्युले जहाँ इच्छा त्यहाँ उपाय भन्दै दिनेश दाइको माग सम्बोधन गरीदिनुहुन्थ्यो ।

कडा चेकिङ्ग जतातै थियो । यात्रुहरु ओरालीन्थे तर, सेना प्रहरीले हामी नजिकै आएर भन्थ्यो तपाईँहरु झर्नु पर्दैन । हामी मज्जाले अरुणा बैनीको घर नजिक एउटा होटलमा पुगेर कपडा परीवर्तन गर्यौँ । त्यसपछि बैनीकोमा   एक छाक खाना खाएर हामी लुम्बिनीको कोरीयन टेम्पल तर्फ लाग्यौ । जहाँ जति दिन बसेपनि सेना प्रहरीले थाहै नपाउने अनि पाँच तारेको सुबिधा पनि उस्तै । दुई दिन बसेपछि त्यसका प्रबन्धक मेरा अनन्य साथी सुन्दर हमाल (हाल अमेरीका)ले पारी पुर्‍याएर दिल्लीको टिकट काटेर पठाउने मेरो जिम्मा भन्दै थप बस्न आग्रह गर्नुभयो । तेस्रो दिन उहाँले गाडि मगाएको छु पारीसम्म जाने भन्नुभयो, हामी प्रतिक्षामा थियौँ । गाडि कुरेर बसेका बेला निलो प्रहरी भ्यान टक्क उभिएपछि शूरुमा सातोपुत्लो गयो । तर प्रहरी निरीक्षक नै रहेको त्यो गाडिमा हामीलाई बसाइयो र सीमा पार गराइयो । हामी काठमाडाैंबाट आएर बनारसमा अस्तु सेलाउन हिँडेको भन्दै पारी गयाैँ । हमालजीको त्यो आतिथ्यता जीवनभरीलाई भन्दै हामी दिल्लीको यात्रामा हुइकियौ ।

भोलीपल्ट बिहानै हामी दिल्ली बस अड्डा पुग्यौ । त्यहाँबाट फोन गरेको एक घण्टामै एक जना पुर्व परिचित र अति मायालु मानिस अटो लिएर त्यहाँ आए । उनले सरासर सुवासनगर मन्दिर पुर्‍याए । त्यहाँ उनी पण्डितसहित हर्ताकर्ता रहेछन् ।उनैले हामीलाइ मुलपंडित पिताम्वर शास्त्रीसंग पनि चीनजानी गराइदिए , ।  उनले मन्दिरभित्रका अनुशासन, दिल्लीका मानिसले पण्डितप्रति गर्ने श्रद्धा सबै कुरा बडो रोमान्चक ढंगले बताउथे । हामी दिल्लीमा जताततै पुगेपनि प्रायः बेलुकाको बास सँगै बस्ने गर्दथ्यौ । दिनेश दाइलाई साँझलाग्ने, र मलाई पनि मन लाग्ने भएपछि पण्डितज्युले जहाँ इच्छा त्यहाँ उपाय भन्दै दिनेश दाइको माग सम्बोधन गरीदिनुहुन्थ्यो । मिनरलको बोतलभित्र सोमरसले मन्दिर सुगन्धित पार्न पाउँदा हामीलाई आनन्दै लाग्थ्यो पनि ।

अगस्ट १५ त्यतिबेलाको दिल्लीमा सुरुक्षा व्यवस्था कडा हुने दिन । ती पण्डितसँग बाटोमा हिँडियो, गाडि चढियो । ठाउँठाउँमा मानिस ओरालीए तर, उनीसहितका हामीलाई ‘हां पण्डितजी’ भन्दै प्रहरीले गरेको सम्मानबाट उनका स्मरणहरु गफ नभएको अनुभूति भयो । यसबारेमा ‘दिल्लीमा पण्डित हुनुको मजा’ भनेर मैँले धेरै वर्ष पहिला कान्तिपुरमै लेख प्रकाशन गरेको छु ।

उनकै यात्रा प्रायोजनमा हामी पंखारोड, मायांपुरी, बिकासपुरी, लाजपतनगरका मन्दिरमा घुमिरहन्थ्यौ । धेरै ठाउँका धेरै रमाइला गफ सुनाउथे । दारी कसरी मिलाउने, दौरा कसरी लाउने, प्रार्थना कसरी गर्ने, माला कसरी लगाउने अर्थात् अच्छा पण्डितको मेकअप कसरी गर्ने उनले हामीलाई धेरै सिकाउथे पनि ।

No description available.

उनले मन्दिरमा बिहानै ओम भजन लगाउथे । त्यो भजनमा गुन्गुनाइरहँदा मैँले त्यसलाई प्रचण्ड भजनमा बदलेछु । थकाइपछि साँझको खानपीनमा मैँले उनलाई पढेर सुनाए । उनले यो भजन हिट हुने भन्दै आफुले श्वर दिने तर, सँगीत फरक पार्नुपर्ने पनि सुझाए ।

उनले मन्दिरमा बिहानै ओम भजन  लगाउथे । त्यो भजनमा गुन्गुनाइरहँदा मैँले त्यसलाई प्रचण्ड भजनमा बदलेछु । थकाइपछि साँझको खानपीनमा मैँले उनलाई पढेर सुनाए । उनले यो भजन हिट हुने भन्दै आफुले श्वर दिने तर, सँगीत फरक पार्नुपर्ने पनि सुझाए ।

नयाँदिल्ली रहँदा कनाटप्लेस नजिकैको साइबरमा उनैले लिएर जांदा अचानक सूर्य सुबेदी, हितमान शाक्यसँग भेट भएर खाल्डाको बारेमा कुराकानी पनि भयो । नारायण दाइलाई दिल्लीले पक्रेर नेपाल पठाएपछि दिनेश दाइ, भरत दाइ, मुकुन्द दाइ (बिरामी) लाई समेत थप सतर्क हुन मैँले भने । सेल्टरदातासँगका आ–आफना कथा छन् तर, यो पटक मैँले तिनै पण्डितजीसँगको संस्मरणमा जोड दिएँ । जसले हामीलाई बस अड्डाबाट लगेर ढुक्कसँग बसाले । उनको आत्मीयता, माया र श्रद्धाको हिसाब महंगो थियो । केहि वर्षसम्म उनीसँग त्यहि प्रचण्ड भजनबारे कुरा हुन्थ्यो । म काठमाडाैं आउदा पस्छु भन्थे, मैँले त्यहिबेला स्टुडियो गएर भजन रेकर्ड गराउने है भन्ने गर्थे । यसरी फोनफान नचलेको केहि वर्ष यता मैँले उनलाई सपनामा देखेपछि । फोन खोजेर सम्पर्क पनि गरेँ ।

तर यसपटक उनीसँग अचम्मैको भेट भयो । असोज ४ गते साँझ उनैका जेठा छोरा र मेरा प्रिय मान्छे तीलक बाबुले फोन गरेर भने ‘दाइ मेनेन्जाइटिसका कारण बुबालाई बीर अस्पतालमा राखेको आइसियु चाहिने भयो, निर्देशकसँग उपाय थियो की ।’ म मनमनै झन्न रिसाए पनि, हिजो ल्याएको हो भने मलाई किन अहिले खबर गर्‍यौ, तर त्यो बेला प्रतिक्रिया नजनाइकन आईसीयुको प्रयास गरेँ’ वील सी मात्र जवाफ आयो । अचाक्ली रुघा भएकोले म बिहान अस्पताल आउला अनि फेरी लागौला भन्ने कुरा भयो ।

No description available.

तर ९ बजेपछि अवस्था जटिल हुँदै गएछ । चोक नारायणजीले पहल गरेर राती ११ बजे काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा छोराहरुले लगेछन । बिहानै युवराज ज्वाइसँग सम्पर्क गरेर फोन के मात्र राखेको थिएँ, तीलक बाबुको फोन आइहाल्यो । ‘दाइ बुबा अब !’ उनी अकमकाउँदै टयाक्सिमा आइहाल्न भने ।

म अस्पताल पुगेपछि छोराहरु तीलक, जगत, दीपक र छोरी विष्णुलाई भेँटे । आफन्त र शुभचिन्तक आउनेक्रम बढदै गयो । अस्पतालमा शव बुझ्नका लागी हस्ताक्षरको कुरो आएपछि मैँले नै सहि गरेछु । मुख नदेख्दै शवको कागजमा सहि गर्दा आत्मग्लानी भयो । पुराना रिलहरु फनफनी घुमे । तर शव गाडिमा हाल्ने क्रममा अनुहार खोलेर सबैलाई देखाइएपछि उनको महाप्रस्थान पुष्टि भयो । छोराहरुलाई र अन्य आफन्तलाई झैँ मलाई पनि करेन्ट बढ्यो । २०५९ को दिल्ली बसाईका स्मरण एकाएक पर्दामा आयो । तर, डील्लीराजलाई चिमोटेर सुनाउने अवस्था पनि त्यहाँ थिएन ।

No description available.

उनलाई छोराहरुको साथमा पर्वतको पैँञ्यु गाउँपालिका बेउलीबास पठाइयो । म थप झनझनीएको थिए । भजनलाई श्वर दिन्छु भन्ने साथीलाई बर्काले ढाकेर गाडिको पछिल्लो सीटमा हाल्नुपयो । पैँयुका साथीहरुले घरै पुगेर झण्डा ओडाउनु भएको फोटो साथी चोकलाल न्यौपानेको फेसबुकमा देखेपछी थोरै भएपनि सलामी मिल्यो । रमाइला घटनाक्रम र गहन संस्मरणका मेरा आत्मीय साथी तथा आदरणीय अभिभावकलाई यति छिटो गुमाउनु पर्ला भन्ठानेको भए मेँलै पहिले नै बोलाएर भजनमा श्वर हाल्न लगाउँथे, तर त्यो पनि मिलेन । अलबिदा डिल्लीराज भुसाल ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राज कुमार राजभण्डारी, खोटाङ्गे थिमी, भक्तपुर १. सबेरै उठ्नु धेरै राम्रो स्वास्थ शरीर बन्छ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।