
कुरा लगभग ११/१२ बर्ष अघिको हो । त्यतिबेला म राष्ट्रिय बाणिज्य बैंक भोटाहिटी शाखामा कार्यरत थिए । नेपाल उल हाउसको अलि बाँया ठिक अधिल्तिरको घरको दोश्रो र तेश्रो तल्लामा बैंक थियो । त्यसको भुँइ तल्लामा इन्भेष्टमेन्ट बैंक थियो । अहिले पनि सोही स्थानमा यो बैंक छ । तर अहिले राष्ट्रिय बाणिज्य बैंक सरेर जमल राष्ट्रिय नाँच घर नजिकको आकासे पुलनिर पुगेको छ ।
फिक्का पहेलो रंग कि चोलो र फिक्का पहेलो सानो कालो फूल बुट्टा भएकी साधारण सुतिको साडी लाएकी गलामा मोतिको माला र हातमा सुनको बाला लाएकी एकजना अधबैसे महिला बचत खाता खोल्ने फारम लिएर म कहाँ आइन । र सोधिन्– ‘खाता खोल्ने यहि हो ?’ उनको कुरा सुनेर मैले भने –‘हजुर यहि हो दिदी ।’
उनले आफ्नो हातमा रहेको फारम मलाइ दिइन् । मैले फारम हेर्न थाले । फोटो र नागरिकता प्रमाणपत्रको फोटो कपि थिएन । मैले भने – ‘दिदी फोटो र नागरिकताको फोटो कपि छैन ?’ मेरो कुरा सुनेर उनले भनिन् – ‘फोटो भोलि लिएर आउँछु । अहिले खाता खोली दिनुहोस् ।’ उनको कुरा सुनेर मैले भने –‘नागरिकताको फोटो कपि चाहियो दिदी । नत्र खाता खोल्न गाह्रो हुन्छ ।’ मेरो कुरा सुनेर उनी जंगी हालिन् । ‘ए ! मसंग नागरिकता खोज्ने ? सारा काठमाडौं बासीले मलाइ चिन्छ । म नानी मैंया दाहाल हो ।’
उनी त पंचायतकाल काठमाडौं १ नं. क्षेत्र कि चर्चित जनपक्षिय राष्ट्रिय पंचायत कि सदस्य रहिछिन् । मैले नाम सुनेको तर मान्छे नदेखेकोले चिन्न सकिनँ । अलि हक्की स्वाभाव कि जायज कुरा किंचित बोल्न नडराउने कडा हक्कि स्वाभाव कि थिइन, नानी मैंया दाहाल ।
‘ए ! म संग नागरिकता खोज्ने ? कहाँ हो घर ?’ भन्दै चोर औंला देखाउँदै उनी जंगिदै म संग झगडा गर्न थालिन् । मैले उहाँलाइ सम्झाउँदै भने ‘दिदी ! मेरो घर लुभु हो । हामी त कामगर्ने कर्मचारी हो । जसो जसो नियमले भन्छ । तेसै तेसै गर्ने हो । हामीलाइ अप्ठ्यारोमा नपार्नुस् । भोलि तल माथी केही परे हाम्रो त जागिरै जान्छ दिदी।’ निक्कै बेर सम्झाए पछि उनी शान्त भइन् । सोधिन – ‘त्यसो भए नागरिकता नभए खाता खुल्दैन ?’ उहाँको कुरा सुनेर मैले विन्रम हुँदै भने – ‘हामीलाइ अलि कामगर्न गाह्रो हुन्छ दिदी । मनेजरसंग सोध्छु ।’ भन्दै हामी दुबै मनेजरको कोठामा गयौं ।

नारायण बहादुर अधिकारी मनेजर हुनुहुन्थ्यो । वहाँलाइ गएर भने – ‘सर ! फोटो र नागरिकता पनि छैन । के गर्ने ?’ मेरो कुरा सुनेर भन्नू भो – झ‘अरुणजी ! वहाँ पंचायतकाल कि चर्चित लब्ध प्रतिष्ठित राजनीतिज्ञ नानी मैयाँ दाहाल हुनुहुन्छ । खाता खोली दिनुस् ।’ मेनेजरको कुरा सुनिसके पछि मैले नानी मैंया दाहाल दिदीलाइ विन्रमतापुर्वक भने – ‘दिदी ! हजुरको खाता अहिले खोली दिन्छौं । भोलि वा हजुरको अनुकुल भएको दिन फोटो र नागरिकता लिएर आउनु होला ।’ उहाँले ‘हुन्छ भाइ’ भन्नू भो । खाता खोलिदिए । उहाँ जानु भो ।
भोलिपल्ट एउटा पुरानो फोटो र नागरिकता लिएर आउनु भो । वहाँलाइ देख्नासाथ म आफू बसेको कुर्सिबाट उठेर दुबै हात जोडेर ‘नमस्कार दिदी ’ भने ।
वहाँले पनि ‘नमस्कार भाइ’ भन्नू भो । फोटो निक्कै पुरानो रहेछ । ‘दिदी ! यो जमानाको फोटो रहेछ । अहिले यो फोटो हेर्दा त हजुरलाइ चिन्नै सकिन्न ।’ मैले भने । हाँस्दै भन्नु भो – ‘अर्को फोटो छैन । यहि राखिदिनुस् भाइ ।’ मेरो नजिक कुर्सी नभएकोले वहाँलाई प्रशासन फाँटको सोफा सेटमा लगेर बसाए – ‘दिदी ! हजुर यहि बस्नुस् । म एकछिनमा चेक लिएर आउँछु ।’ मेरो कुरा सुनेर भन्नू भो – ‘हुन्छ ! भाइ ।’ फेरि सोधे – ‘दिदी ! चिया पिउने हो ?’
‘ए! यस्तो टंटलापुर गर्मीमा चिया पिउछ र ? पानी छैन ?’ सोध्नु भो । मैले पानीको बोतल ल्याएर दिए । वहाँले पानी पिउनु भो ।
एकछिन पछि मैले चेक बनाएर दिदीलाइ दिए । वहाँ खुशी हुँदै भन्नू भो – ‘धन्यवाद ! भाइ ।’ एकछिन दिदीसंग बसेर भलाकुसारी गरें । ‘दिदीको नाम सुनेको थिए । तर मान्छे देखेको भेटेको थिइन । मान्छे त हजुर निकै कडा हुनुहुँदो रहेछ । दिदीलाइ भेटेर असाध्य खुशी लाग्यो’– भने । मेरो कुरा सुनेर वहाँ मजाले हाँस्नु भो । चिया पनि आयो । हामी चिया पिउँदै मजाले गफियौं । वहाँले पंचायतकालका तत्कालिन प्रधानमंत्री सुर्य बहादुर थापालाइ गालामा चडकन हानेको प्रसंग हाँस्दै सुनाउनु भो ।
नानी मैयाँ दाहाल मन कि सफा, कडा हक्की स्वाभाव कि । साँचो कुरा भन्न अलि पनि न हिच्किचाउने । नडराउने । जनताको काम आफै अफिसमै वा सम्बन्धित निकायमा गएर धाएर हुन्छ कि मंत्री कहाँ गएर हुन्छ कि । सबै कहाँ गएर काम गराइदिने खाल कि निस्वार्थ उद्धार जनसेवागर्ने स्वाभाव कि महिला । ‘हुन्छ भने आलटाल नगरेर तुरुन्त काम गर्नुस् । हुँदैन भने लेखेर दिनुस् । कहाँ जानुपर्छ । म जान्छु हाकाहाकी भन्नू हुन्थ्यो ।’
त्यसपछि वहाँ जहिले पनि बैंकमा आउँदा ‘अरुण भाइ कहाँ छ ?’ भन्दै खोज्दै आउनुहुन्थ्यो । भेटे कि सोधी हाल्नु हुन्थ्यो –‘भाइ ! के छ हालखबर ?’ खातामा रुपियाँ जम्मा गर्नुपर्यो कि मलाइ पैसा दिएर खातामा जम्मा गरिदिनु भनेर छोडिदिनु हुन्थ्यो । मैले भन्थे – ‘दिदी ! भौचर लिएर जानुस् ? वहाँले अहिले हतारमा छु भाइ । जिल्ला प्रशासन कार्यालयमा एकजना सेवाग्राहिको काम गराउन जानू छ ।’ भन्नुहुन्थ्यो, अनि मैले भौचर भरेर खातामा जम्मा गरिदिन्थे र रकम जम्मा गरेको भौचर दिन्थे । भौचर लिएर हतारमै वहाँ जानुहुन्थ्यो । यसरी हुँदाहुँदा हाम्रो साख्यै दिदी र भाइको जस्तो सम्बन्ध हुन गयो ।
नानी मैंया दाहाल दिदी कडा स्वाभाव कि भए पनि तर मन कि असाध्य कोमल । नरम । जो संग पनि तुरुन्त हेलमेल हुन सक्ने स्वभावकि हुनुहुन्थ्यो । फरासिली । दुःख पिर बुझ्ने सहयोगी जुझारु महिला ।