Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

ललितपुरको इमाडोलमा पनि मुना बजारको शाखा स्थापना



काठमाडौं । ललितपुरको इमाडोलमा मुना बजारको स्थापना भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको कृषि प्रवद्र्धन समिति अन्तर्गतको मुना कृषि लिमिटेडले सोमबार एक कार्यक्रमका बीच ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा पनि मुना बजारको शाखा विस्तार गरेको हो ।

No description available.

उक्त शाखाको उदघाट्नका क्रममा प्रमुख अतिथि रहेका महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले मुना बजारको उत्तरोत्तर प्रगतिको कामना गर्दै गैरआवासीय नेपालीलाई आफ्नो नगरपालिकामा उत्पादनका क्षेत्रमा लगानी गर्न अनुरोध गर्दै त्यसले स्थानीय नागरिकका लागि रोजगारी सिर्जना गर्न सहयोग हुने बताए । श्रेष्ठले त्यसका लागि आफुले सहयोग गर्ने समेत बताएका थिए ।

No description available.

कार्यक्रममा मुना कृषि लिमिटेडका प्रमुख युवराज गुरुङले मुनाको उद्धेश्य बजार बढाउने मात्र नभएर प्रत्यक्षरुपमा किसानसँग जोडिएर उनीहरुका उत्पादन सहुलियत मूल्यमा बजार तथा उपभोक्ताको घर आँगनमा पुर्याउनु रहेको रहेको बताए । गुरुङले आफ्नो कम्पनीले विदेशमा समेत नेपाली उत्पादनको निर्यात गर्न सुरु गरिसकेको पनि बताए ।

No description available.

कृषि कम्पनीकी मेनेजर दिव्या पाण्डेको संचालन रहेको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री दावा दोर्जे लामा, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, वडा नं १ का अध्यक्ष नन्द कुमार न्यौपाने, गैरआवासीय नेपाली अभियन्ताहरु कपिलदेव थापा, कुल आचार्य, जानकी गुरुङ, सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

No description available.

यसअघि ललितपुरको भैसेपाटी, सानेपा, बुढानिलकण्ठको गोल्फुटारमा पनि मुना बजारको विस्तार गरिसकेको उक्त कम्पनीले अन्य क्षेत्रमा पनि बजार विस्तार गर्दै जाने बताएको छ ।

No description available.

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले