Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

डा. प्रकाशराज रेग्मी भन्छन्–यसरी बच्न सकिन्छ मुटुरोगबाट !



काठमाडौं । आज २९ सेप्टेम्बर । आज विश्व मुटु दिवस । आज संसारभरी नै मुटु दिवस मनाउने गरिन्छ । यसवर्ष विश्वभर ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नाराका साथ विश्वभरी मुटु दिवस मनाइदैँछ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्सेनी १ करोड ८६ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरुमा बर्सेनी मुटु रोगबाट मर्नेहरुको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ ।

नेपालमा २५ प्रतिशत अर्थात् झण्डै ७५ लाख मानिसहरु विभिन्न प्रकारका मुटुरोगबाट पीडित रहेको वरिष्ठ मुटुुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बुधबारको अन्नपूर्णपोष्टमा लेखेका छन् ।

मुटुरोगीहरुको संख्या नेपालमा २० वर्ष यता पाँच गुणाले बढेको छ । यसको प्रमुुख कारण मानिसको जीवनशैलीमा आएको परिवर्तन बताउँछन् डा. रेग्मी । जसमा मानसिक तनाव, अस्वस्थकर खाना, व्यायाम कम धुम्रपान, मद्यपान, खानामा चिल्लो र मासुको प्रयोग बढी हुने तथा सागसब्जी र फलफूलको सेवन कम रहेकाले पनि मुटुरोगीहरुको संख्या बढेको डा. रेग्मी बताउँछन् ।

यसरी गरौ रोकथाम
-आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराऔं । परीक्षणका क्रममा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्ट्रोल आदि जचाउनुका साथै पेटको नाप र मोटोपना बारे पनि जानकारी लिनुपर्दछ ।

-हृदयघात र मष्तिस्कघातको प्रमुख कारण उच्च रक्तचाप हो जुन कुनै लक्षण हुँदैन । औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन । यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्ट्रोल बढेको छ/छैन भनेर थाहा पाउन नियमित रुपमा रगत परीक्षण गराउने ।

-नियमित व्ययाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्ने ।

-दैनिक प्रसस्त मात्रामा फलफूल र हरियो तरकारी खानुपर्छ ।

-धुम्रपान निशेधित सार्वजनिक स्थलहरु विस्तार गर्दै जान सम्बन्धीत निकासले सहयोग गर्नुपर्दछ ।

-तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनुपर्छ ।

-बढी गुलियो, नुननिलो, चिल्लो र तयारी खानाहरु (फास्टफुड) को उपभोग कम गर्नुपर्छ ।

-मानसिक तनाव, उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ ।

-आफु प्रसन्न, सन्तुष्ट, सहयोगी र दानी प्रवृत्तिको हुन सके सुख र स्वस्थ्य दुवै पाउन सकिन्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट