Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

अल्जाइमरको निःशुल्क उपचार गर्दै भक्तपुर अस्पताल



भक्तपुर । भक्तपुर अस्पतालले अल्जाइमरको निःशुल्क उपचार सुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उनले बताए ।

अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ः०० देखि २ः०० बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधबार १०ः०० देखि २ः०० बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले