Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

गरिमा विकास बैंक र एरोगिन हेल्थ केयरबिच छुट सम्झौता



काठमाडौँ । गरिमा विकास बैंकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको छ ।

बैंकले आफ्नो डेबिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सेवाग्राहीहरुका लागि एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४०% सम्म छुट प्राप्त गर्न सक्नेगरी सम्झौता गरेको हो ।

बैंकले बुधवार एक सूचना जारी गर्दै आफ्ना सेवाग्राहीहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४०% छुट पाउने सम्झौता भएको जनाएको हो ।

No description available.

बैंकका अनुसार कपाल प्रत्यारोपण क्षेत्रमा नेपालकै एक उत्कृष्ट हेल्थ केयर सेवा प्रदान गर्दै आईरहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग अस्पतालले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हो ।

अधिकांश नेपालीहरुमा कपाल झर्ने समस्या रहेको पाईएको छ । यसको रोकथाम तथा प्रत्यारोपणको क्षेत्रमा आफ्नो छुट्टै नाम कमाईसकेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग बैंकले उसका सेवाग्राहीहरुलाई उपचार रकममा आर्कषक छुटको सम्झौता गरेको जनाएको छ ।

बैंकले गरेको सम्झौता अनुसार हेयर ट्रान्सप्लान्ट : २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३०%, हेयर फल ट्रिटमेन्ट : २५%, डेन्टल ट्रिटमेन्ट : २०%, ल्याब ईन्भेस्टिगेसन : १५% ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ले छुट प्रदान गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ