Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट नेपालमा ११ हजार १३५ जनाको मृत्यु, हेर्नुहोस् कुन प्रदेशमा कति ?



काठमाडौं । नेपालमा कोेरोना संक्रमणबाट हालसम्म ११ हजार १३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरण अनुसार बिहीवारसम्म देशैभरी ११ हजार १३५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबैभन्दा बढी बागमती प्रदेशमा ४ हजार ७६३ जनाको मृत्यु भएको छ । साथै दोस्रोमा लुम्बिनी प्रदेशमा १ हजार ७४४ जना, तेस्रोमा प्रदेश १ मा १,६२० जना, गण्डकी प्रदेशमा १,३१० जना, प्रदेश २ मा ७६६ जना र सबैभन्दा कम कर्णाली ४६६ र सुदूरपश्चिम प्रदेशमा ४६६ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

कुन प्रदेशमा कति छन् त सक्रिय संक्रमित ?
पछिल्ला केही दिनयता सबै प्रदेशमा संक्रमित हुने र मृत्यु हुनेको संख्या क्रमश घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल बिहीवारसम्म देशैभरी १८,१६८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १६,८०२ जना र आइसोलेशन सेन्टरमा १,३६६ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार हाल बागमती प्रदेशको होम आइसोलेशनमा ६,२१३ र संस्थागत आइसोलेशनमा ५८३ जना, गण्डकी प्रदेशको होम आइसोलेशनमा ३,०५४ जना र संस्थागत आइसोलेशनमा १३७ जना, प्रदेश १ को होम आइसोलेशनमा २,७८८ र संस्थागत आइसोलेशनमा २४१ जना, लुम्बिनी प्रदेशको होम आइसोलेशनमा १,९९५ जना र संस्थागत आइसोलेशनमा २७८ जना, प्रदेश २ को होम आइसोलेशनमा १२७४ जना र संस्थागत आइसोलेशनमा ५ जना, कर्णाली प्रदेशको होम आइसोलेशनमा ७७१ जना र आइसोलेशन सेन्टरमा २३ जना रहेका छन् भने सुदूरपशिच्म प्रदेशको होम आइसोलेशनमा ७०७ जना र आइसोलेशन सेन्टरमा ९९ जना उपचाररत रहेका छन् ।

प्रदेश १ मा भेन्टिलेटर आइसीयुमा उपचार गराउनेको संख्या शून्य
मन्त्रालयका अनुसार बिहीवार सम्म देशैभरीका विभिन्न अस्पतालका आइसीयु र भेन्टिलेटरमा ४७० जनाको उपचार भइरहेको जसमा आइसीयुमा ३५३ जना र भेन्टिलेटरमा ११७ जनाको रहेका छन् ।साथै प्रदेश १ मा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

जसमा प्रदेश १ मा आइसीयुमा ६१, भेन्टिलेटरमा ३४ जना, प्रदेश २ मा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । साथै बागमतीमा आइसीयुमा १९५, भेन्टिलेटरमा ६६, गण्डकीमा आइसीयुमा ४५ र भेन्टिलेटरमा ५, लुम्बिनीमा आइसीयुमा ३९ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा ५ जनाको आइसीयुमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । साथै सुदूरपश्चिम प्रदेशमा ८ जना आइसीयु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा