Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा: कालो कर्जा



-‘डोज हान्दिम त साप !’

-‘पुग्ने गरी हान्दे न त !’

झिंगा भन्किरहेको थियो । त्यसमा पनि निलो झिंगा अशुभको सन्देश बोक्ने एक जात थियो । खुब भन्किरहेको थियो । एक प्रेतात्माले रूँदै कराउँदै गरेको दर्दनाको बिचमा आवाज दिएर भन्यो ।

-‘सेतो झिंगा देखेका छौ ?’

वेदनाले चिच्याएको भिड आश्चर्यले चुपचाप लागे । उनीहरूले सेतो झिंगाको बारेमा कहिल्यै सुनेका पनि थिएनन् । प्रेतात्मा अस्वत्थामा पुत्र सुदामा झैं छटपटिएर कराइरहेको थियो ।

‘मलाई सेतो झिंगाबाट मुक्ति देऊ !’
आफन्तहरूले सेतो झिंगा खोज्न जताततै नियाल्न थाले । धेरै बेरपछि उनीहरूले अपरेशन थिएटरबाट निस्केको चिकित्सक सँग भेटेर सोधे ।

‘हजुर ! यता …. ?’

चिकित्सक रन्थनिएर पर पुगे । जवाफ दिएनन् । प्रश्न टुङ्गिन नपाउँदै उनको सहयोगी पछिपछि थिए । सहयोगीलाई स्पष्ट पारे ।

–‘यता कुनै सेतो झिंगा ?’

तिनको कुरा खस्न नपाउँदै सहयोगी अगाडि बढेर चिकित्सक लाई सल्लाह दिन थाल्यो ।

‘किस्ता किस्तामा मृत्युको खबर सुनाउनु पर्छ है, सर !’

‘यसो गर्दा कर चुक्ता हुन्छ त ?’

‘नत्र करमा उल्टो जरिवाना घुम्छ !’

त्यसपछि चिकित्सकले आफूले लगाएको सेतो एप्रोन फुकाल्दै केविनमा राखे । सरासर बार्दलीमा पुगेर घोषणा गरे ।

‘आशा गरौं, भगवानले रोगीलाई रक्षा गर्नेछन् !’

हल्लाखल्ला खुब बढ्यो । अनेक प्रसङ्ग र प्रश्नका शङ्काहरू जोडिन थाल्यो । भिडभाड बढ्यो । केहीले आत्तिएर कराए ।
‘कि सास दे, कि लास दे !’

चिकित्सकले लामो सास ताने । अक्सिजनको वासना सँगसँगै व्याज हिसाब गरे अनि खटाइखटाई आफ्नो व्यथा बोले ।
‘मान्छे कोही पनि भगवान होइनन् !’

त्यसपछि उनीहरू सेतै पहिरनको एक झिंगालाई लिएर बाहिर निस्के । मूर्दाघरमा भुन्भुनाइरहेको उसलाई साथमा लिएर मुटु गाँठो पारिरहे । अस्पताल काउण्टरले आएर सोध्यो ।

‘चुक्ता भो त !’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले