Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



१.
ठेस लाग्छ कतै हिँड्दा कतै आगो टेक्नुपर्छ
घामले नाङ्गो शिर पोल्दा हत्केलाले छेक्नुपर्छ
विचलित नहुनु जीवनको आरोह अवरोहमा
धेरै दुःखहरूलाई थोरै खुसीले थेग्नुपर्छ ।

२.
दोभानमा भेटिएका दुई खोली हामी
एउटै भयौँ भिन्नभिन्न रङ्ग घोली हामी
दुःख मेट्दै सुख खोज्दै आयौँ यहाँसम्म
जहाँ पुगौँ सँगै पुगौँ प्रत्येक भोलि हामी ।

३.
बिरामी छट्पटाएका छन् अक्सिजन नहुँदा साथमा
गरीबहरू लास भएका छन् नगद नहुँदा हातमा
बिडम्बना भनुँ कि दुर्भाग्य भनुँ नेपाली जनताको
खोइ ! यहाँ थाहै नपाइ केके हुन्छ सधैँ मध्यरातमा ।

४.
कहिले यो मन एकतमास हुन्छ कैले रमाउँछ
दिन पनि उस्तै कहिले झरी पर्छ कैले घमाउँछ
सोच सकारात्मक राखेर अघि बढ्नुपर्छ साथी
असल व्यवहारले सधैँ असल सम्बन्ध कमाउँछ ।

५.
शक्तिमा भएकाले गरिबको पसिना चुसे
मोटाघाटाले पनि तिनै झिना–मसिना चुसे
के होला हालत् अभावमा पिल्सिएकाहरूले
भोक मेटाउनको लागि निख्लो असिना चुसे ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा