Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

छापामारको घर



चेतनाको खोपीभित्र
मुक्तिका मन्त्रहरु भर्दै
परिवर्तन गर्छु
देश बनाउछु भन्दै
कपडा र झण्डा फेरेर
क्रान्तिमा होमिएको छापामारको
एउटा क्षयग्रस्त घर ।

यस्ता हजारौँ एउटा घरमा
रात परेपछि
एउटा कालो छायाँ खस्छ आँगनीमा ।
‘ऊ आउनु’ भो !’
केही गोडा
सल्बलिन्छन्
अगेनाको डिलमा ।

यस्ता हजारौँ डिलमा ।
छायाँ भित्र पस्दैन ।
हराउँछ त्यहिं आगँनीमै ।

हिजोजस्तै,
अस्तिजस्तै,
सधैंजस्तै ।
फेरि मौनता छाउँछ
एउटा अगेनाको डिलमा ।
यस्ता हजारौं एउटा अगेनाको डिलमा ।
त्यो शून्यता चिर्दै
एउटा तोते बोली गुन्जिन्छ–
‘आमा! बेपत्ता पार्नु भनेको के हो?’
सार्है खिन्न लाग्नेगरी
त्यो आगो निभिसकेको धुवाँसँगै
फेरि मिस्सिन्छ
एउटा तीतो आशा
र बज्छ कारुणिक शोक धुन ।

यस्ता हजारौं घरको योद्धाका
लासहरु पन्छाउँदै लालध्वज र प्रचण्ड
समाधिस्थलबाटै सम्बोधन गर्दै
नवयुगको घोषणा गर्छन !
क्रमश..
थवाङ र लिवाङ का बधशालाहरुमा
खिया लाग्दै जान्छ …।।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा