Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

यो कथा हो



उ निधाउन अघि
बिउँझन्छ उसको सपना
अनि
झकझकाउछ उसलाई
बेहोसिएको अवस्थाबाट
किनकी
आँखा भएर पनि अन्धो सपना देख्ने
अपाहिजहरुको सहर भित्र
यो भन्दा अघि यस्ता धेरै
सपनाहरुको निर्मम हत्या भएसकेको छ
उ निंदाएको रातहरुमा ।

यो कथा हो !

यो कथा हो पिजरामा कैद मैना चरिको ।
उसको खोसिएको स्वतन्त्रता र
कुल्चिएको स्वाधिनताको गीत
अनि
जिब्रो काटिएपछि फेरिएको आवाजसंगै
गुमाएको मौलिकताको कथा हो यो ।

स्वतन्त्र आकाशमा गाउने
उसको गीत गाउन बिर्सिए पछि
मानव भाषी भएको
उसलाई
आफ्नो पैतृक बोली
नबुझे जस्तो लाग्छ ।
उ मानव हुनुको अभिनय गर्छ !

सुनको पिजरामा बसेर
पखेटा फिजाउन
बिर्से पछिको
कथा हो यो !
बादलहरु बीच उडेको
भयंकर सपनाले उ
रात–विरात झस्कन्छ ।

आफ्नै मौलिकता बिर्सिएर
सभ्य हुने प्रयास गरेपछिको
कथा हो
उसलाई आफ्नै अस्तित्वसंग
शंका लाग्न थालेको ।

सुनको पिजरामा बसेर
पखेटा फिजाउन
बिर्से पछिको
कथा हो यो !
बादलहरु बीच उडेको
भयंकर सपनाले उ
रात–विरात झस्कन्छ ।

यसैले हिजो–आज
आफू जस्तै
अरुको सुरम्य आवाजले
दिन–रात उसलाई व्याकुल पार्दै
परत्रको अस्पष्ट बोलीभन्दा
आफ्नै गीत प्यारो
लाग्न थालेको छ ।

हिजोआज
खोस्टे विपनालाई त्यागेर
आफ्नो वास्तविकतालाई
अँगालेदेखि
प्रतिध्वनित उसको सुरम्य गीतले
पिजरा बाहिर
अनन्त आकाशसम्म गुँजिएर
एउटा नयाँ परिवर्तनको सुर लय र ताल
भर्न थालेको छ
आफ्नो पहिचानलाई स्विकार्दै
आफ्नो मौलिकतालाई स्विकार्दै ।।

यो कथा हो मैना चरिको ।।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा