Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा: को हो ठुलो चोर ?



झए ! गाडी रोक ! गाडी रोक ! मेरो ब्यागको सर्वस्व लिएर चोर भाग्यो । – श्रीप्रसाद दाजु निक्कै आत्तिएर चिच्याए । गाडी रोक्तारोक्तै दुईजना चोर गाडिबाट हामफालेर भाग्नथाले । यात्रीहरूको सहयोगले एउटा चोर पक्राउ पर्यो । मान्छेले पाक्कपुक्क, भाक्कभुक्क चोरलाई मुड्क्याउन थाले ।

एकैछिनमा थानाबाट थानेदार दलवल सहित आएर ‘लौ ! छोड्नोस तपाईहरू ! यसरी तपाईहरुले कानुन हातमा लिनपाउनु हुन्न ! हामी यसलाई ठिक गर्छौ !’ भन्दै चोर लिएर हिडेपछि विचरा श्रीप्रसाद पनि लामो साँसफेर्दै पुलिसको पछिपछि लागे ।

अरू यात्रीहरु गाडी चढेर श्रीप्रसाद दाजुलाई सान्त्वना दिदै थिए –‘के गर्नु ! हामी जौं भने गाडीले पर्खिदैन हजुर ! तर ब्यागलाने चोर भाग्न सफल भए पनि उसको साथी फेलापरेकै छ । उसैले सबैकुरा खोलीहाल्छ । जे होस् ! तपाईको हराएकÞो सम्पत्ति ढिलोचाँडो अवश्यै फिर्ता पाउनु हुनेछ ।’

श्रीप्रसादले सहमति जनाउदै भने ‘खोई ! पाउछु कि जस्तो त लागेको छ हजुर । नत्र त म खत्तम भै हाल्छु नि । छोराको बिहेलाई किनेका सुनका गरगहना,घडी ,सिक्रि सबै सबै त्यही ब्यागमा छ हजुर ।’– निरास भएर बोले श्रीप्रसाद । गाडी हिड्यो । सबैले विदाईका हात हल्लाए ।

श्रीप्रसाद थाना पुगे । थानेदारले भन्यो – ‘हजुर पटक्कै सुर्ता नगर्नोस् । म यसका छाला छिलेर बकाँउछु । तपाईको माल कहाँ छ ? पत्तो लगाएरै छोडछु । बरू अलिकति तागतिलो दवाई खान पाए मजाले चुट्न सकिने थियो कि हजुर ?’ ठानेदारले मुख खोल्यो ।

विचरा दाजुलाई मरे माथि कात्रो मनमनै सोचें ‘मेरो लटीपटी चोर्ने डाकाले धुलाई खान्छ भने दिनुपर्यो दुईहजार’ भनेर थानेदारका हातमा दुईहजार थमाईदिए ।

एकछिन पछिदेखि भित्र चड्याम चड्याम गरेको आवाजसँगै ‘मरेनी हौ । ऐया ! नि हौ ।’ भनेको आवाज पनि सुनिन थाल्यो । दाजु गद् गद् हुँदै थिए । फेरि पसिना पुछ्दै थानेदार आएर भन्यो –‘हेर्नोस ! न हामी तिनजनाले गोरूचुटाई चुट्यौं । अझै टेरेकै छैन । अव हजुरले फेरि तिनहजार खर्च गर्नोस् । म पाँचोटा केटालाई टिल्ल पारेर पडकाउन लाँउछु ।’ बिचरा दाजुले फेरि तीनहजार दिए । एकछिनमा त्यस्तै आवाज फेरि सुनियो ।

‘हैन ! यतिबिघ्न कुटदा पनि नबक्ने चोर कस्तो चाहि होला त ?’ भनेर यसो झ्यालको चेपबाट चियाएर हेरेछन । भित्र चोर एकछेउमा आरामले कुर्सिमा बसेर ‘ऐया हौ ! मरे हौ ! मरेनि आमा हौ ।’ भनेर जोडजोडले कराँउदो रहेछ । अर्को कुनामा तीनजना पुलिस त भित्ताको पर्खालमा साईकलको टायरले हानेर पो पडकाई रहेका रहेछन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा