Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

छुटमा खाद्यान्न



सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ ।

कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ-तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उनले बताए । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।

कम्पनीले ३० केजीको खाद्यान्न बिक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा रु १५० छुट दिइएको छ । जिल्लामा रहेका अन्य डिपो तथा बिक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छुटको खाद्यान्न बिक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ ।

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ । यस वर्ष छुटमा खाद्यान्न बिक्री हुँदा यहाँका नागरिक खुसी छन् । छुटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिए ।

हरेक वर्ष दशैँ-तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन ।

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले