Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

संघर्ष बेगर उपलब्धि हुँदैन



विश्व ट्रेड युनियन महासंघको ७६ औँ स्थापना दिवस ३ अक्टोबर याने असोज १७ गते विश्वभरिका श्रमिक पेशाकर्मीहरूले मनाइरहेका छन् । विश्व ट्रेड युनियन महासंघको स्थापना ३ अक्टोबर १९४५ मा भएको थियो । त्यसैले विश्वभरिका श्रमिक पेशाकर्मीहरू धुमधामसँग स्थापना दिवस मनाइरहेका छन् । विश्व ट्रेड युनियन महासंघले आफ्नो ७६ औँ स्थापना दिवसको नारा “Dignified Life for workers and the peoples around the world”  याने विश्वभरिका श्रमिक एवं जनताको सम्मानित जीवन भन्ने नारा तय गरेको छ । आफ्नो नाराले तय गरेको सम्मानिज जीवन हासिल गर्न Hope lies in our struggle अथवा आफ्ना माग पूरा गर्न संघर्षमा विश्वास गर्ने कुरा गरेको छ । अथवा श्रमिक पेशाकर्मीहरूले आफ्ना माग पूरा गर्न वा गन्तव्यमा पुग्न थुप्रै बाधा व्यवधानहरूलाई छिचोल्दै संघर्षबाट सफलता प्राप्त हुने कुरामा जोड दिएको छ । विश्व ट्रेड युनियन महासंघले तय गरेको नाराको उद्देश्य पूरा गर्न यहाँ ट्रेड युनियनले आफू रूपान्तरित हुदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा जोड दिनुपर्ने देखिन्छ । यसरी हामीले विश्व ट्रेड युनियनको स्थापना दिवसको बारेमा संक्षिप्त रूपमा उल्लेख गरिसकेपछि अब हामी विश्व ट्रेड युनियन महासंघको बारेमा कुरा गरौँ ।

विश्व ट्रेड युनियन महासंघ
यसको स्थापना सन् १९४५ अक्टोवर ३ तारेखमा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । वर्गीय विश्व ट्रेड युनियन आन्दोलनको विकास, स्वतन्त्रता, एकता र डेमोक्रेसी जस्ता उद्देश्यका साथ यसको स्थापना भएको थियो । यसले Democracy Function, अन्तर्राष्ट्रियतामा जोड दिनुको साथै पूँजीवाद र निजीकरणको विपक्षमा र श्रमिक पेशाकर्मीका हकअधिकार, स्वास्थ्य सुरक्षा, श्रमिक पेशाकर्मी बीचको एकता–ज्याला एवं पेन्सन वैज्ञानिक तवरले निर्धारण र वर्गीय विश्व ट्रेड युनियन आन्दोलनको विकासमा आफ्ना गतिविधिहरू केन्द्रित गर्दै आएको छ । यसले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि, साम्राज्यवादको संचालन गरेको युद्धको विपक्षमा, साम्राज्यवाद एवं पूँजीवादले अघि सारेको आर्थिक नीति, निजीकरण, विश्वव्यापीकरण र उदारीकरण जसले श्रमिक पेशाकर्मीका हक अधिकार लगायतका कुराहरू कुटौती गरेको हुँदा ती नीतिका विरूद्ध संघर्ष गर्न विश्व ट्रेड युनियन आन्दोलनको विकास गर्ने र वर्ग समन्वयवादका विरूद्ध वैचारिक संघर्ष संचालन गर्दै आइरहेको छ । आज विश्वका ६ वटा महादेशका करिब १२६ भन्दा बढी देशका ट्रेड युनियनका कामदार पेशाकर्मीहरू लगभग १० करोड भन्दा बढीको संख्यामा WFTUमा आवद्ध छन् । नेपालका क्रियाशील १२ वटा महासंघहरूमध्ये करिब ९ वटा पेशागत महासंघहरू यसमा आवद्ध छन् । WFTU मा आवद्ध नेपालका महासंघहरूले विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपाल गठन गरी ध्ँत्ग् का नीति, योजना र कार्यक्रमहरू नेपालमा कार्यान्वयन गर्दै आइहेका छन् । यसरी हामीले WFTU को बारेमा छलफल गरिसकेपछि अब हामी विश्व ट्रेड युनियन महासंघले आफ्नो ७६ औँ स्थापनाकालमा तय गरेको नाराको बारेमा चर्चा गरौँ ।

 ट्रेड युनियन आन्दोलनलाई वैचारिक र वर्गीय ट्रेड युनियन आन्दोलनको रूपमा विकास गर्दै वर्ग समन्वय, अर्थवाद, अवसरवाद र ट्रेड युनियनवादबाट यसलाई अलग राखी अघि बढ्न आवश्यक छ ।

श्रमिक र संसारभरिका जनताको लागि सम्मानित जीवन (Dignified life for workers and the peoples around the world)M

विश्व ट्रेड युनियन महासंघ आफ्नो ७६ औँ स्थापना दिवसको नारा श्रमिक तथा विश्वभरिका जनताको सम्मानित जीवन तय गरेको छ । यस नाराभित्र मोटामोटी रूपमा ७ वटा कुरालाई समेटिएको छ । जस्तो स्वास्थ्य , जीवनस्तर, स्वतन्त्रता, वातावरण, एकता, अधिकार र भेदभाव हुन् । पहिलो बुँदा स्वास्थ्यको बारेमा कुरा गर्दा श्रमिक, पेशाकर्मी एवं जनताको स्वास्थ्यको बारेमा जोड दिएको छ। कोरोना महामारीको यस संकटको घडिमा सबै श्रमिक पेशाकर्मी एवं जनतालाई निःशुल्क रूपमा खोप उपलब्ध गराउनुको साथै निःशुल्क स्वास्थ्य सेवामा जोड दिएको छ । यसको साथसाथै स्वास्थ्य, औषधी र खोप मात्र वस्तु होइनन् सामाजिक वस्तु हुनुपर्दछ भन्ने दावी गरेको छ । यसै गरी दोस्रो बुँदा जीवनस्तरको कुरा गर्दा श्रमिक र निवृत्त पेशाकर्मीको जीवनस्तरमा जोड दिएको छ । आज हरेक मुलुकको सरकारले महामारीको वहानामा श्रमिक पेशाकर्मीलाई असर पर्ने गरी नयाँ श्रम विरोधी नीतिहरू पारित गर्दैछ । मानव जीवनका आधारभूत वस्तुहरूको मूल्यमा वृद्धि हुँदा श्रमिक र उसका परिवार मारमा परेका छन् । त्यसैले श्रमिक र निवृत्त पेशाकर्मीको जीवनस्तर सुधारको लागि सामाजिक सुरक्षाको व्यवस्थापन अनिवार्य रहेको कुरा औंल्याएको छ । साथै तेस्रो बुँदाको रूपमा स्वतन्त्रता आउँदछ । यो स्वतन्त्रता भन्नाले ट्रेड युनियन र डेमोक्रेसीको कुरा गरेको छ । आज विश्वभरि ट्रेड युनियन र डेमोक्रेसीलाई सीमित पार्ने प्रयासहरू भइरहेका छन् । विशेषगरी ल्याटिन अमेरिका, युरोप र एशियामा यस किसिमका हरकतहरू भइरहेका छन् । त्यसैले ट्रेड युनियन र डेमोक्रेसीको स्वतन्त्रताको नारा अघि सारेको छ । चौथो बुँदाको रूपमा वातावरण संरक्षण आउँदछ । आज प्राकृतिक प्रकोपको प्रभावबाट वातावरणमा हुने क्षति र यसले मजदुर र जनतामा पार्ने प्रभावलाई मध्यनजर गरी वातावरण संरक्षणमा पनि ध्यान दिन आवश्यक भएको कुरामा पनि जोड दिएको छ । साथै पाँचौ बुँदाको रूपमा एकताको कुरा गर्दा श्रमजीवी जनताबीचको एकता हो । अथवा श्रमिक पेशाकर्मीबीचको एकता हो । साथै प्यालेस्टाइनी आन्दोलनमा ऐक्यवद्धताको आवश्यकतालाई औँल्याएको छ । प्यालेस्टाइन, क्युवा, अफगानिस्तानका जनतामाथी साम्राज्यवादीले गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दछ । साथै साम्राज्यवादी युद्ध र शक्ति राष्ट्रहरू बीचको आर्थिक र भूराजनीतिक द्वन्द्वले गर्दा पीडित जनता र श्रमिकप्रति WFTU ले हार्दिक ऐक्यवद्धता जाहेर गरेर सहयोग गर्दै आइरहेको छ । यसैगरी छैठौं बुँदामा अधिकारको कुरा आउँदछ । यो अधिकार भन्नाले विश्वका सबै देशका जनतालाई आफ्नो वर्तमान र भविष्यको बारेमा स्वयं आआफैले निर्णय गर्ने अधिकार भन्ने बुझिन्छ । सातौं बुँदाको रूपमा भेदभाव रहेको छ । यो भेदभाव भन्नाले जातिवाद र विभेद उन्मूलन गर्ने जनाउँछ । WFTU ले आफूसँग आवद्ध सबै श्रमिक पेशाकर्मीलाई जात, राष्ट्रियता, भाषा र धर्मको नाममा उनीहरूमाथि हुने शोषणको विरूद्ध साझा हितको लागि संघर्ष गर्न आव्हान गर्दछ । यसको साथै शरणार्थी र आप्रवासीहरूको सम्मानजनक जीवनयापन, साम्राज्यवादी युद्धको अन्त्य र स्वदेशी र विदेशी श्रमिकहरूको शोषणको विरूद्धमा संयुक्त संघर्षमा जोड दिन्छ । यसरी हामीले आफ्नो ७६ औँ स्थापना दिवसको अवसरमा ध्ँत्ग् ले तय गरेको नाराको बारेमा विस्तृत रूपाम छलफल गरिसकेपछि अब हामी नेपालका श्रमिक पेशाकर्मीले WFTU को स्थापना मनाइरहँदा हाम्रो भूमिकाको बारेमा छलफल गरौँ ।

नेपालका श्रमिक पेशाकर्मीको भूमिका
हामी नेपालका श्रमिक पेशाकमीहरू जो ट्रेड युनियन आन्दोलनमा क्रियाशील छौँ, हामीहरूले विशेषगरी ध्यान दिनुपर्ने कुरा भनेको रूपान्तरण हो । यो रूपान्तरण स्वयं ट्रेड युनियन आन्दोलन र सिङ्गो मुलुकको रूपान्तरणमा हामी सबैले ध्यान दिनुपर्ने कुरा हो । यसको लागि हामी सबैले अग्रगमनको बाटो समात्न आवश्यक छ । आज लामो संघर्षबाट प्राप्त गरेका उपलब्धीहरूलाई निस्तेज गर्ने हरकतहरू भइरहेका छन् । अथवा मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजिँदैछ । यहाँ विचार, राजनीति, विधि–प्रक्रिया भन्दा पनि व्यक्ति पूजातर्फ विषयवस्तुलाई अघि बढाइँदै छ । अथवा नेतृत्वको देवत्वकरण गरेर पुनः प्रतिगमनका गोटीहरू चाल्ने खेलहरू भइरहेका छन् । त्यसैले यतिबेला हामी सबै ट्रेड युनियनकर्मी र आम जनताहरूले यस प्रकारका हरकतका विरद्ध अग्रगमनकारी राजनीति, विचार, विधि र प्रक्रियाको विकासमा जोड दिन आवश्यक छ । साथै मुलुकको स्वाधिनतामाथिको प्रश्न पनि अहिले प्रमुख रूपमा देखापरेको छ । त्यसैले मुलुकको स्वाधिनताको लागि सबै सचेत र जागरूक भई एकतावद्ध हुन आवश्यक छ । मुलुकको आन्तरिक राष्ट्रियता बलियो हुँदा मात्र वाह्य राष्ट्रियता बलियो हुने कुरालाई हामी सबैले आत्मसाथ गर्न आवश्यक छ । साथै संविधानमा व्यवस्था भएको समाजवादका आधार निर्माणका कुरामा पनि जोड दिन आवश्यक छ । राजनीतिक रूपमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, सामाजिक न्यायका रूपमा मानवका आधारभूत आवश्यकतालाई संविधानका मौलिक अधिकारमा रूपमा व्यवस्थाको साथै आर्थिक रूपमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे अर्थनीतिलाई सुदृढ, संस्थागत र रूपान्तरित गर्दै लग्नु पर्ने अहिलेको आवश्यकता हो । यसका उपलब्धीहरूलाई संस्थागत गर्दै थप उपलब्धीका लागि अघि बढ्नु अहिलेको आवश्यकता हो । यसको साथै ट्रेड युनियन आन्दोलनलाई वैचारिक र वर्गीय ट्रेड युनियन आन्दोलनको रूपमा विकास गर्दै वर्ग समन्वय, अर्थवाद, अवसरवाद र ट्रेड युनियनवादबाट यसलाई अलग राखी अघि बढ्न आवश्यक छ ।

उपसंहार
विश्व ट्रेड युनियन आन्दोलनले वर्गीय ट्रेड युनियन आन्दोलनको विकासको साथै यसले साम्राज्यवाद, पूँजीवाद, जातिवाद र विभेदका विरूद्धमा आफ्नो कार्यक्रमहरू अगाडि बढाइरहेको छ । विश्वका श्रमिक पेशाकर्मीको राजनीतिक, आर्थिक र सामाजिक अधिकारको लागि संघर्षरथ छ । साथै यसले आफ्नो ७६ औँ स्थापना दिवसको नारा पनि यिनै कुराहरूलाई मध्यनजर गरी सम्मानित श्रमिक र विश्वभरका जनताको जीवन तय गरेको छ । नेपालमा हामीले WFTU को स्थापना दिवस मनाइरहँदा श्रमिक जनताको सम्मानित जीवनलाई सार्थकता दिन अग्रगमन, राष्ट्रियता, समाजवादका आधार निर्माण र ट्रेड युनियन आन्दोलनको रूपान्तरणको साथै वैचारिक ट्रेड युनियन आन्दोलनको विकासमा जोड दिन आवश्यक छ । हामीले प्रस्ताव गरेका यी कुराहरू सजिलै प्राप्त नहुने हुँदा आम श्रमजीवी जनतालाई गोलबद्ध गरी आफ्ना हक अधिकारका लागि संघर्षबाट यी कुराहरू प्राप्त गर्न सकिन्छन् भन्ने कुरालाई आत्मसाथ गरी अघि बढ्न आवश्यक छ । WFTU ले प्रस्ताव गरेको “Hope lies in our struggle”  संघर्षमा आशावादी बनौँ भन्ने मूल नारालाई समाती अघि बढ्नुको विकल्प छैन ।

(लेखक विश्व ट्रेड युनियन महासंघ आर्थिक नियन्त्रण कमिटीका सदस्य हुनुहुन्छ)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा