Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

कैलालीमा भलिबल खेलाडी छनोट



Volleyball spike hand block over the net

बझाङ । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीबीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिएका छन् ।

उत्कृष्ट नौ खेलाडी छनोट गरी उनीहरुकै टिम बनाइएको छ । जिल्ला खेलकूद समितिका अनुसार छनोट भएका खेलाडीमा दिनेश शाही, सन्दिप शाही, सुरेस मल्ल, शिरिषसिंह धामी, विकाससिंह, अनिलसिंह, रवीन्द्रसिंह, दिनेश धामी र प्रशान्त कठायत छनोट भएका छन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले