Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

घरदैलो अभियानमार्फत दुई हजार बालबालिकाको आँखा परीक्षण



काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो ।

कोभिड-१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो । आँखा जाँचपश्चात १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए ।

“परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ”, उनले भने । दुई सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुण्डेमा उपचार गरिएको थियो ।

नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो । नगरले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्नेलगायत कार्यक्रम सुरु गरेको नगरपालिकाले जनाएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा