Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पोखरा राइनोजलाई पराजित गदैँ चितवन टाइगर्सले गर्यो फाइनलमा प्रवेश



२० असोज, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा पोखरा राइनोजलाई पराजित गदैँ चितवन टाइगर्स फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा चितवनले पोखरालाई ९ विकेटले पराजित गदैँ फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पोखराको टिम १५ ओभरमा ६६ रन बनाएर अलआउट हुन पुगेको थियो । पोखराका लागि ब्याटिङ्गमा रिचर्ड लेविले सर्वाधिक १९ रन बनाएका थिए भने सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाएका थिए । यी बाहेक अरु ब्याट्सम्यानले दोहोरो अकंमा रन जोड्न सकेनन् । चितवनका लागि बलिङ्गमा भने सागर ढकाल र साहब आलमले उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक ४/४ विकेट लिएका थिए ।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । चितवनका लागि ब्याटिङ्गमा मोहम्मद शहजादले सर्वाधिक ४८ रन बनाएका थिए । त्यसैगरी हसिम अन्सारीले १४ रन करीम जनातले ४ रनको योगदान दिएको थिए । पोखराका लागि एकमात्र विकेट नन्दन यादवले लिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा