Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ सार्वजनिक



काठमाडौं । गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको पेन्सिलभेनिया निवासी घलेको स्वर, शब्द र संगीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घलेको आधिकारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठले आफ्नो अभिनय प्रस्तुत गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा